धरान / राजस्थानको पालीमा आयोजना हुने भारत स्काउटको १८ औँ राष्ट्रिय ज्याम्बोरीमा सहभागी हुन नेपाल स्काउटको टोलीले आइतबार त्यसतर्पm प्रस्थान गरेको छ ।

यही जनवरी ४ देखि १० तारिखसम्म आयोजना हुने ज्याम्बोरीमा सहभागी हुन १५ सदस्यीय नेपाली टोलीले त्यसतर्पm प्रस्थान गरेको हो ।

१ नम्बर प्रदेश स्काउट सदस्य हेमन्त भण्डारी तथा धरान नगर तथा माउन्ट हर्मन स्काउट दलका अध्यक्ष अनुप योन्जन तामाङको नेतृत्वमा  गएको टोलीमा माउन्ट हर्मन स्काउटका अभियान श्रेष्ठ, आयाम पाख्रिन र ओरियन उप्रेती पनि सम्मिलित छन् । 

यसबारे जानकारी दिन शनिबार आयोजित छोटो कार्यक्रममा प्रदेश स्काउट सदस्य भण्डारीले ज्याम्बोरीमा सहभागी देशका टोलीहरूले साहसिक र बौद्धिक क्रियाकलापका साथै मनोरञ्जनात्मक कार्यक्रमहरू पनि प्रस्तुत गर्ने बताए । त्यहाँ सांस्कृतिक आदान–प्रदान पनि हुने माउन्ट हर्मन स्काउट दलका अध्यक्ष तामाङले जनाए । ज्याम्बोरीमा २२ देशका करीब ३५ हजार स्काउटहरू सहभागी हुने बताइएको छ ।