मोरङ / विराटनगर – ३ कन्चनबारीमा रहेको आर्या न्यूरो अस्पतालमा टाउँको, नशा र हाडजोर्नी सम्बन्धी रोगको उपचारमा फड्को मार्दै अगाडी बढेको छ । एकपछि अर्को गर्दै टाउँको, नशा र हाडजोर्नीको उपचारमा आर्या न्यूरोले सफलता हात पारेको हो । 

भोजपुरकी ३० वर्षीय सृजना तामाङ्गको मेरुदण्ड भाचिएर च्यापिएको नशाको आर्यान्युरो हस्पिटलमा सफल उपचार भएको छ । काम गर्ने क्रममा घरबाट लडेर तामाङ्गको मेरुदण्ड भाचिएर नशा च्यापिएको थियो । नशा च्यापिएको कारणले उनका दुवै खुट्टा नचल्ने भएको थियो । उनी उपचारको लागि विराटनगरको हस्पिटल आइन् ।

विराटनगरको एक हस्पिटलमा पाँच दिन राखियो । ठिक नभएपछि आफन्तको साहारमा आर्या न्यूरो हस्पिटल आएकी थिइन् । आर्या न्यूरो आएपछि हस्पिटलका वरिष्ठ न्यूरो सर्जन तथा अस्पतालका प्रबन्धक निर्देशक डा. पञ्कजराज नेपालको टिमले मेरुदण्डको सफल शल्यक्रिया गरेर च्यापिएको नशा खुलाएको थियो । २८ दिन हस्पिटलमा बसेपछि उनको डिस्चार्ज भएको छ । 

आर्या न्युरोमा अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ न्यूरो सर्जन देखि वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिमले गरेको उपचारको कारणले पछिल्लो समय फड्को मारेको छ । यो अस्पतालमा अहिले टाउँको, नशा सम्बन्धी सम्पूर्ण उपचार र जोर्नी प्रत्यारोपणदेखि हाड जोड्नेसम्मको उपचार हुने गरेको छ ।