मोरङ / निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित भएका छन् । सोमबार सम्पन्न भएको १६ औँ अधिवेशनबाट मिश्र अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

संघको विराटनगरमा सम्पन्न अधिवेशनबाट मिश्र निर्विरोध निर्वाचित भएका हुन् । उनले विराटनगर ६ मा एसएस निर्माण सेवा सञ्चालन गरिरहेका छन् ।

यसैगरुी समितिको प्रथम उपाध्यक्षमा ध्रुवराज कार्की, द्वितीय उपाध्यक्ष रमेश कोइराला, महासचिव उत्तम राज जोशी, सचिवमा राधेश्याम कट्टेल, कोषाध्यक्ष दाताराम पौडेल र सह कोषाध्यक्षमा सञ्जय कुमार यादव रहेका छन् ।

यस्तै समितिको सदस्यहरूमा नवीन प्रसाद दाहाल, धिरज प्रताब कार्की, हरेराम कामत, राज कुमार कार्की (राजु), दुष्यन्त पौडेल, भोजराज पोखरेल र बद्री प्रसाद उप्रेती रहेका छन् ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई सोमबार संघको भवनमा निर्वाचन आयुक्त रुपेश कोइरालाले प्रमाणपत्र वितरण गरेका छन् ।