मोरङ / विराटनगरकोे ग्रिनक्रस हस्पिटल प्रा.लि.ले दाँतका समस्या भएका तर उपचार गराउन नसकेका विद्यार्थी तथा तिनका अभिभावहरुलार्ई लक्षित गरी एकदिने दन्त शिविर सम्पन्न गरेको छ ।

विराटनगर ९ मा रहेको अस्पतालले मोरङको ग्रामथान २ मा रहेको जनक मेमोरियल बोर्डिङ स्कूलको प्रांगरणमा शिविर सम्पन्न भएको हो ।

शिविरमा चेकजाँच गराउनेको उल्लेख्य उपस्थिति रहेको थियो ।

सञ्जिवनी डेन्टल केयरमा कार्यरत चिकित्सक सञ्जिता कटुवालले चेकजाच गरेको सो शिविरमा स्कूलका विद्यार्थी, अभिभावक लगायत १ सय ५० भन्दा बढीले जनाले सेवा लिएका थिए । चेकजाँचका क्रममा दाँत निकाल्नुपर्ने विरामीलाई ग्रिनक्रस हस्पिटललले निःशुल्क सेवा प्रदान गरेको थियो ।