मोरङ विराटनगर महानगरपालिकाले सरसफाईकर्मीलाई लक्षित गरी एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । 

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको आयोजना तथा महानगरको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन विरानटर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका थिए । सो अवसरमा बोल्दै मेयर कोइरालाले सरसफाईकर्मी महानगरपालिकाको मेरुदण्ड भएको बताएका थिए । उनँले महानगरलाई सफा, सुन्दर बनाउन सफाईकर्मीहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । 

तालिममा सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहाल र श्रम मन्त्रालयका अधिकृत उदयकुमार महतोले सहजीकरण गरेका थिए । तालिममा महानगरका ४० जना सरसफाईकर्मी सहभागी भएको तालिमको व्यवस्थापक किरण न्यौपानेले जानकारी दिए ।