दुहबी  / स्टर्न स्टार क्लवले आयोजना गरेको दोश्रो मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि दुहबी नगरपालिका वडा नम्बर ६ ले जितेको छ ।

गत सातादेखि सुरु भएको टी ट्वान्टी सिरिज प्रतियोगिताको शनिबार फाइनल राउण्डमा दुहबी ५ र ६ बीच कडा प्रतिस्पर्धा भएको थियो । टस जितेर ब्याटिङ्ग रोजेको दुहबी ५ ले २० ओभरमा ७ विकेटको क्षति सहित १ सय ६९ रन जोडेको थियो ।

१७० रनको लक्ष्य सहित मैदानमा उत्रेको दुहबी ६ ले ५ विकेटको क्षेति बेहोर्दै २ बल बाँकी हुँदा १७० रन बनाउदै उपाधि जित्न सफल भएको थियो । प्रतियोगिताको बेस्ट ब्याट्समेन दुहबी ६ का अमन साह बनेका थिए भने बेस्ट बलर दुहबी ५ का सुर्य रौनियार बनेका थिए ।