धरान /आगामी पौषको अन्तिम सातामा हुन लागेको खुकुरी एमेन्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न टाइटल प्रायोजकले ११ लाख दिने सम्झौतामा हस्ताक्षर भएको छ ।

सोमबार खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न धरान गल्फ क्लब र द नेपाल डिस्टिलरी प्रालिबीच सो सम्झौता भएको हो । 

धरान गल्फ क्लबको कार्यालयमा प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा खुकुरी रम उत्पादक प्रालिर्ले  क्लबलाई एक वर्षको लागि ११ लाख रुपैया दिने सम्झौता भएको खुकुरी रमको असिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधानले जानकारी दिए । 

छ । यो सम्झौता एक वर्षको लागि भएकोले प्रालिले उक्त रकम आगामी वर्षको प्रतियोगिताको लागि उपलब्ध गराउनेछ ।

खुकुरी रम एमेच्योर ओपन गल्फको पहिलो सँस्करण शुक्रबार र शनिबार सम्पन्न भइसकेको छ ।

 पहिलो सँस्करण सम्पन्न भएसँगै कम्पनीले प्रतियोगितालाई निरन्तरता दिने जनाएको हो ।  ब्राण्ड मेनेजर प्रधानले भने–‘हामीले प्रतियागिताको लागि एक वर्षको सम्झौता गरेका छौैं । प्रतियोगितालाई निरन्ता दिन प्रत्येक वर्ष  सम्झौतामा नवीकरण गर्छौ ।’

क्लबका सचिव भरत तामाङले खुकुरी रमले मुख्य प्रायोजन गरेको यो प्रतियोगिताले निरन्तता पाउनेमा आफूहरु आशावादी रहेको बताए । उनले भने–‘सम्झौता अनुरुप पहिलो सँस्करण सफलतापूर्वक सम्पन्न भइसकेको छ आगामी वर्ष पनि खुकुरीले प्रतियोगितालाई निरन्तरता दिन्छ भन्ने पूर्ण विश्वस्त छौंै ।’