धरान /  प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको प्रतियोगितामा पुरुष तर्फ धरान मेघा हिमालयन कलेज, धरान सिटी कलेज, राष्ट्रिय जनसेवक कलेज इटहरी र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड सेमिफाइनल प्रवेश गरेका छन् । 

सोमबार भएको क्वाटरफाइनल खेलमा राष्ट्रिय जनसेवकले युएन नवोदयलाई ५४– ३० अंकले र  आदर्श स्कुल बिर्तामोडले इन्जिनियर क्याम्पस धरानलाई ४२ –२२ अंकले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।

20230220_101629

खेलमा राष्ट्रिय जनसेवक र युएन कलेजले प्रत्येक क्वाटरमा १२–६, १३–८, १२–५ र १७–११ अंक जोडेका थिए । यसै गरि दोस्रो खेलमा अदर्श स्कुल बिर्तामोड र इन्जिनियर कलेजले ६–३, ६–३, ११–८ र १९–८ अंक जोडेका थिए ।  पहिलो क्वाटरफाइनल खेलमा राष्ट्रिय जनसेकका अस्मिल राइले २० र  आदर्श बिर्तामोडका रोनाल शाक्यले १९ अंक व्यक्तिगत जोडेका छन् । 

अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन तथा सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा आयोजित  प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

यसैगरि व्यक्तिगत विधामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद दुई हजार ५ सय र हाइस्कोररले जनहि दुई हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयमान खेलाडीले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।  मंगलबार देखि भने सेमी फाइनलका खेलहरु सुचारु हुने भएका छन् ।

पहिलो सेमिफाइनल खेलमा सिटि कलेज धरान र राष्ट्रिय जनसेवक इटहरी र दोस्रो सेमिफाइनल खेल धरान मेघा हिमालयन र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडबीच प्रतिस्पर्धा हुनेछ ।