धरान / बढ्दो सहरीकरणसँगै दुषित वातावरण, फोहोरमैलाको व्यवस्थापन लगायतका समस्या बढ्दै गएपछि ठूला सहरहरुमा कौसी खेती लगाउने प्रचलन बढ्दै गएको छ ।

कौसी खेती लगाउँदा घरबाट निस्किने फोहोर व्यवस्थापनमात्र हैन अर्गानिक तरकारी, फलफूल उत्पादन गरेर स्वस्थ जीवनयापन गर्न सहज हुने भएकोले कौशी खेतिलाई प्रवद्र्धन गर्न स्थानीय सरकारले बजेट छुट्याएर आफ्ना वडामा रहेका महिलाहरुलाइृ तालिम दिन थालिएको छ ।

आफ्नो घरको कौसीमा, बरण्डा, छत आदि स्थलमा आफूलाई दैनिक आवश्यक पर्ने वा दैनिक उपभोग गर्नुपर्ने बालीहरू जस्तै तरकारी, फलफूल, मसलाबाली, आदिको खेती गर्ने प्रविधिको विषषयमा धरान उपमहानगरपालिका वडा नं. १९ ले बजेट नै छुट्याएर महिला लक्षित तालिम दिएको हो ।

koshi-kheti-pic

बढ्दो सहरीकरण्कसँगै खेती जग्गा मासिदै गएपछि कौशी खेती प्रभावकारी हुदै गएको छ । दुई दिने तालिम पश्चात धरान १९ का वडाध्यक्ष पूर्णबहादुर लिम्बुले कोशी खेतीका भरपुर सदुपयोग गर्न तालिममा सहभागीहरुलाई अनुरोध गरेका छन् । उनल भने–‘हामीले महिलालाई आत्मनिर्भर बनाउनकै लागि यो तालिम दिएका हौं, तपाईहरुले भरपुर सदुपयोग गर्नुहोस् ।’

वडामा रहेका २० जना महिलाहरुलाई आर्गनिक तरकारी खेतिका अभियन्ता कृष्ण राईले तालिम दिएका थिइ । तालिममा सहभागी भएका महिलाहरुले आफ्नै घरमा खेर गइरहेको फोहोर वस्तुको सदुपयोग, समयको सदुपयोग हुने र अर्गानिक सागसब्जी, फलफूल खान पाइने यो विधि अत्यन्तै लाभदायिक भएकोले यसलाई व्यवहारमा उतार्ने बताएका थिए ।

तालिममा सहभागी बसन्तीदेवी थेवेले कौशी खेतीको त ालिम अत्यन्तै प्रभावकारी भएको बताइन् । उनले कौशी खेती गर्दा समयको सदुपयोग हुनेमात्र हैन, फोहोर मैलाको पनि सदुपयोग हुने बताइन् । उनले भनिन्–‘घरमै खेती गरेर आर्गनिक सब्जी तथा फलफूल खान पाइने र समयको पनि सदुयिोग गर्न पाइने भएकोले यो मलाई धेरै राम्रो लाग्यो, म अब यसलाई व्यवहारमै उतार्छु ।’

यस्तै बनाई स्थानीय निलम राईको समेत रहेको छ । कौशी खेती अत्यन्तै राम्रो भएको तालिमबाट थाहा पाएको उनले बताइन् । थोरै ठाउँमा पनि धेरै सागसब्जी तथा फलफूल उत्पादन गर्न सकिँदोरहेछ ।

धरान १९ हरियाली सामुदायिक भवनमा दुई दिनसम्म सञ्चालन भएको अर्गानिक खेतिकी संयोजक झुमादेवी गुरुङले तालिममा ३५ घरका महिलालाई सहभागी गराउन खोजिए पनि २० जना महिला सहभागी भएको बताउँदै यो तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउँदै खेर गरेको समय, खेर गएको फोहोरको सदुपयोग हुने बताइन् । 

उनले भनिन–‘हामीले ३५ घरका महिलालाई आमन्त्रण गरेका थियौ तर २० जना महिला सहभागी भए, २० जनालेमात्र कौशी खेति सञ्चालन गरे भने पनि धेरै उपलब्धी हुन्छ र वडाले क्रमिक रुपमा यसस्ता तालिमलाई निरन्तता दिँदै जानुपर्छ ।’

सहरी क्षेत्र जहाँ खेती गर्ने जग्गा हँुदैन तथा जग्गाको अभावले घर मात्र अवस्थित हुन्छ त्यस्तो घरको कौसी, छत, बरण्डा, भित्ता आदि स्थलमा पनि विभिन्न प्रकारका बालीहरू सजिलैसँग उत्पादन गरी उपभोग गर्न सकिन्छ । धरान १९ ले मात्र हैन विगतमा अन्य वडाले पनि यस्ता तालिम दिएर महिलाहरुले व्यवहारमा उतारेका प्रसस्त उदाहरण छन्, कौशी खेति शहर बजारमा प्रभावकारी बन्दै गएको छ ।