धरान / फागुन १३ बाट सुरु हुन लागेको बुढासुब्बा गोल्डकप २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ २३ औँ बुढासुब्बा गोल्डकप कपको प्रतीक्षा अब १ दिन मात्र छ । फागुन १३ देखि २० गते सम्म धरान रङ्गशालामा प्रतियोगिता हुँदैछ ।
यसपालि गोल्डकप आयोजनामा कूल ८५ लाख रुपया खर्च हुने अनुमान गरिएको छ । गोल्डकपको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपया पाउने छन् ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, वाग्मती युवा क्लब, मोरङ एघार बङ्गलादेशको केवीपीएस क्लब, भारतको खर्साङको युके एफसी, एभिनर एफसी क्यामरुन, र आयोजक गरी आठ टिमको मैदानमा उत्रिदैछन ।