धरान /  धरानमा शनिबारबाट सुरु भएको २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा प्रतियोगितामा आयोजक धरान फुटबल क्लब पहिलो चरणबाटै बाहिरिएको छ । उद्घाटन खेलमा पाहुना टोली भारतको युनाइटेट खार्साङ फुटबल क्लब (युकेएफसी) ले विजयी सुरुवात गरेको छ ।

धरान १६ रङ्गशालाभएको प्रतियोगितामा भारतको युकेएफसीले आयोजक धरान फुटबल क्लबलाई ट्राइबेकरमा ५–३ गोल अन्तरले जित हात पारेको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकी बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा गएको थियो ।

333477907_3116158392010150_5493097614602084071_n

युकेएफसीका तर्फबाट आकाश प्रधान,  राज रौत, सिदान्त क्षेत्री, साहिल राई र सुब्रतो सोरोयनले गोल गरेका थिए भने धरान फुटबल क्लबका तर्फबाट रोम लिम्बु, दोर्जे शेर्मा र मदन लाबुङले मात्र गोल गरेका थिए ।  रिवस मास्केले हानेको प्रहार भने गोल युकेएफसीका गोल किपर मनोज प्रधानले राकेका थए परिणत हुन सकेन ।

प्रतियोगितामा एकेएअफसीका गोल किपर मनोज प्रधान म्यान अफ द म्याच घोषित भए । उनलाई नगद ३५ हजारसहित प्रमाणपत्र पदान गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालकाका प्रमुख हर्क साम्पाङ राईले गरेका थिए । सो अवसरमा बोल्दै मेयर साम्पाङले खेलकुद राष्ट्रको गहना भएको बताएका थिए । खेलकुदको विकास गरेर मुलुकलाई समृद्धितर्फ लान सकिने उनको तर्क थियो ।

उद्घाटन समारोहमा विभिन्न जातजातिको झाँकीसहितको ¥याली, खेलसम्बन्धी संघ संस्थाको ¥यालीसँगै गोर्खा व्रिगेड व्याण्डले आफ्नो् प्रस्तुति दिएका थिए । उद्घाटनका आवसरमा प्याग्लाइडिङमार्फत भारत तथा नेपालको झण्डा फहराइएको थियो ।

कोरोना संक्रमण र निर्वाचनका कारण दुई वर्ष प्रतियोगिता हुन सकेको थिए । सहज बन्दै गएपछि यो प्रतियोगिता सञ्चालन भएको हो । हराउँदै गएको बुढासुब्बा शाखलाई यो वर्षको प्रतियोगिताले जोगाउने प्रयास गरिने आयोजक क्लबका अध्यक्ष किशोर राईले बताए । उनले खेलकुदलाई राज्यले गर्ने सहयोग अत्यन्तै न्यून भएका कारण पनि चाहेजस्तो प्रतियोगिता गर्न नसकेको बताए । 

आठ टिम सहभागी प्रतियोगितामा प्रथम हुने टिमलाई १० लाख, दोस्रो हुनेलाई ५ लाख, उत्कृष्ट खेलाडीलाई १ लाख, प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही १० हजार, सर्वाधिक गोलकर्ता ३५ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई जनही २५÷२५ हजार नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।