विराटनगर /  विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । 

सोमबार कलेजमा एक कार्यक्रमको आयोजना गरी कलेजले लिएको दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई कजेलले नगद सहित पुरस्कृत गरेको हो । 

पुरस्कृत हुनेमा कक्षा ११ र कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत ४० भन्दा बढी विद्यार्थी रहेको कलेजका निर्देशक भुपेन्द्र दाहालले जानकारी दिए । पुरस्कृत हुने विद्यार्थीलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले गरेका थिए ।