धरान । युुथ इनोभेसन ल्याबको आयोजना र नेपाल स्थित अमेरिकन राजदुुतावासको आर्थिक साहयतामा ‘झुुटा तथा भ्रामक समाचारहरु विरुद्ध प्रदेशस्तरिय कार्याशाला हुने भएको छ ।

’पत्रकार,सूूचना समाग्री उत्पादक,नेता तथा अभियान्ताहरुलाई झुुटा र भ्रामक समाचारहरु छुुट्याउने आम सर्वसाधरणमा सहि सूूचना सम्प्रेशण गर्न प्रेरित गर्ने गरि प्रशिक्षण दिने युुथ इनोभेसन ल्याबकी कार्यक्रमकी कार्यक्रम सहायक अरुणा जोशीले जानकारी दिइन ।सातै वटा प्रदेशमा गर्न लागिएको यो कार्यक्रम मा एउटा प्रदेशबाट २० जनाका दरले प्रशिक्षक प्रशिक्षण (TOT) गराईने उनले जानकारी दिइन ।

अहिले भ्रमक समाचार तथा सूचनाहरुले नकारात्मक प्रभाब पार्न थालेको र यसका लागि सबैमा सचेतना फैलाउने उदेश्यले यो कार्यक्रम गर्न लागिएको जोशीले बताईन् । उनका अनुसार नेपाल स्थित अमेरिकन राजदुतावासले यो कार्यक्रममा आर्थिक तथा प्राविधिक सहयोग गर्ने छ ।

कार्यक्रमको दिर्घकालिन उदेश्य भनेकको आम सूचनाका उपभोक्ताहरुलाई झुटा तथा भ्रामक सूूचना तथा समाचारहरुबाट बचाउने र त्यस सूचनाहरु छुट्उनलाई प्रेरित गर्ने हो उनले भनिन् । झुुटा तथा भ्रामक समाचारहरु विरुद्ध अभियान्ताहरुको सञ्जाल निर्माण गर्ने र हामिसँग उपलब्ध प्लेटर्फम मार्फत बास्तविक र सहि सूचना सम्प्रेशणका आधारहरु निर्माण गर्ने हाम्रो दिर्घकालिन लक्ष्य भएको कार्यक्रम विवरणमा जनाइएको छ ।

यसमा भाग लिन सबै प्रदेशका इच्छुकहरुले https://apply.shikshya.org/बाट अनलाईन आबेदन दिन सकिने छ । अनलाइन आबेदन चैत्र १४ गते बेलुका ५ बजे सम्म दिन सकिने छ । यसमा पत्रकारिताको सुरुवाती करियरमा रहेकाहरू, स्वतन्त्र सामग्री सिर्जनाकर्ताहरू, न्यून प्रतिनिधित्व भएका र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई आवेदन दिन सक्नेछन् ।