धरान । धरानका मेयर हर्क साम्पाङको ‘कोकाह खानेपानी अभियान’का लागि हुने सांगितिक कार्यक्रममा आउने कलाकारले पारिश्रमिक नलिने भएका छन् । मेयर साम्पाङको अभियानमा आफुहरुको योगदान रहने गरि कलाकारहरुले पारिश्रमिक नलिने जानकारी दिएको कार्यक्रमकी संयोजक मिना सिंगकले जानकारी दिइन ।

सिल्भर इन्टरटेन्मेन्ट धरानले व्यवस्थापन गरिरहेको उक्त कन्सर्टमा चर्चित एवं वरिष्ठ गायक दिप श्रेष्ठ, राजेश पायल राई,एकदेव लिम्बुु,प्रविशा अधिकारी रोहित मास्के,डिल्ली फोम्बो  दिपक लिम्बु, एपि शेर्पा, र वाकिङ क्लाउण्ड ब्याण्डको पनि सांगितिक प्रर्दशनि रहेने भएको छ ।

 कन्सर्ट आयोजक टोलीले शुक्रबार पत्रकार सम्मेलन गर्दै धरानको खानेपानी समस्या समाधान गर्न कोकाह खोला खानेपानी अभियानमा स्रोत जुुटाउन कन्सर्ट आयोजना गरिएको गरिएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै मेयर हर्क साम्पाङले ‘पानीका लागि टिकट खरिदगरि योगदान गरिदिन  अनुुरोध गरेका छन् ।