धरान । धरानमा मिटरब्याज कारोबारीहरुको ज्याजती बढेको भन्दै केही पिडितहरुले सरकारसँग सुुरक्षाको माग गरेका छन् ।

गृहमन्त्रालयमा नामा गोप्य राखि कारबाही गरिदिन माग गर्दै धरानका ७ जना ब्यापारी तथा सर्वसाधरणले मन्त्रालयमा निबेदन दिएका छन् ।

धरानका एक ब्यापारीलाइ ५० लाख रुपैयाको एक महिनाको १५ लाख ब्याज मागेको र नदिएपछि चेक बाउन्स गरेर परिवार नै सकिदिने धम्कि दिएको भन्दै उजुरी परेको गृहमन्त्रालयका एक अधिकृतले जानकारी दिए ।

हामीसँग मिटरब्याजको कारेबारबारे भएको कुराकानी,म्यासेज र दिइएको चेकको विवरण प्राप्त भएको छ सुरक्षाका कारण हामीले सम्पुर्ण विवरण गोप्य राखेका छौ ति अधिकारीले भने ‘गृहमन्त्रालयले यस बारेमा अध्ययन थालेका छ ।

ति अधिकारीका अनुसार उजुरी परेको जानकारी पाएपछि मिटरब्याज कारोबार गर्ने ति ब्यक्ति फरार भएको स्रोतले बताएको छ  ।इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्लले आफ्नो कार्यालयमा ‘मिटर ब्याजी’ शिर्षकमै कुुनै उजुरी नपरेको जानकारी दिए ।

गृहमन्त्रालयमा परेको उजुरीबारे हामीलाई केही आएको छैन उनले भने मन्त्रालयले कुनै संयन्त्र प्रयोग गरेको भए आफुुहरुलाई जानाकरी हुदैन उनले भने । मान्छे पक्राउ गर्नुु परेको खण्डमा हामीलाई माथिबाट अनुुरोध भई आउछ,त्यस बेला हामीले मान्छे पक्राउ गछौ उनले भने ।

गृहमन्त्रालयले मिटरब्याज विरुद्ध छुुटै संयन्त्र बनाएर काम गरिरहेको थियो । तर शनिबार प्रधानमन्त्री पुुष्पकमल दाहालले मिटरब्याज विरुद्ध न्यायीक अधिकार सहितको संयन्त्र ७५ वटै जिल्लामा बनाउने निर्णय गरेका छन् । यसले मिटरब्याज विरुद्धको कानुुनी कारबाहीमा सहजता हुने भन्दै पिडितहरुले राहत महसुुस गरेका छन् ।