धरान । धरानमा अर्कोपनि घण्टाघर निर्माण भएको छ । धरानको भानुचौकमा रहेको घण्टाघर धरानको पहिचान बनेको छ ।

 धरानबासी (हङकङ)मा समेत बसोबास गर्नेहरुको लगानीमा बनेको घण्टाघर पछि भर्खरै निजी लगानीमा अर्को घण्टाघर पनि बनेको छ । 

दोस्रो सार्वजनिक घण्टाघर केन्द्रिय प्रविधि क्याम्पस (हात्तिसार) धरानमा निर्माण भएको हो । हात्तिसार क्याम्पसका प्रमुख डा.दिलकुुमार लिम्बुु तथा उहाँको परिवारले स्वर्गिय बुुवा आमाको नाममा घण्टाघर बनाएर क्याम्पसलाई हस्तान्तरण गरेका छन् ।

 क्याम्पसको स्वर्ण महोसत्वको उपहारको रुपमा आफुुहरुले बुुबा आमाको सम्झनामा घण्टाघर निर्माण गरेर दिएका हौ क्याम्पस प्रमुख लिम्बुुले भने । 

त्रिभुवन विश्वविद्यालयले स्वर्ण महोत्सव को लागि रकम नदिने भएपछि दाताहरु दाताहरु खोजेको तर बजेट अलि बढी भएकाले दाता नभेटिएपछि भाई ललित जंग लिम्बु (हाल हंगकंग) र बहिनी शान्ती लिम्बु (हाल युके)को सहयोगमा स्वर्गीय आमा बाबुको नाम मा “हिम–टिका क्लक टावर“ निर्माण सकेर “स्वर्ण महोत्सब स्मारक – २०७९“ नामकरण गरी केन्द्रीय प्रविधि क्याम्पस धरान लाई हस्तान्तरण गरेका छौ लिम्बुुले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

यसको डिजाइन गरेर सहयोग गर्ने पुर्वाञ्चल इञ्जिनियर क्याम्पस का शिक्षक द्वय सह प्राद्यापक कुबेर श्रेष्ठ र उप प्राध्यापक यमन श्रेष्ठ, समय मै निर्माण सम्पन्न गरि दिने तमोर निर्माण सेवा का ललित पुलामी, समय मै घडी ल्याएर जडान गरी दिने मिलन खड्का र नवराज पौडेल , निर्माण को क्रम मा बाधा अड्चन लाई सहज पारी दिने सम्पूर्ण कर्मचारी मित्रहरु र यस हिम – टिका क्लक टावर “स्वर्ण महोत्सव स्मारक – २०७९“ निर्माण मा जहिल्यै हौसला र सहयोग गरिरहने केन्द्रीय प्रविधि क्याम्पस धरान का शिक्षक, कर्मचारी र बिद्यार्थी भाई बहिनी सम्पुर्ण हरुमा हार्दिक हार्दिक धन्यवाद एवम् साधुवाद दिन चाहान्छुु भन्दै क्याम्पस प्रमुख लिम्बुुले घण्टाघर हस्तान्तरणपछि सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।