धरान । धरान उपमहानगरपालिकाको कार्यालय र वडा कार्यालयमा गरिएको तालाबन्दी आज (आइतबार)बाट खोलिएको छ ।

प्रदेशको नामाकरणमा असहमती जनाउदै पहिचान पक्षधर समुुहले विरोध जनाउदै धरानका २० वटै वडा कार्यालयमा गत विहिबार देखि तालाबन्दी गरिएको थियो । प्रदेशको नाम ‘कोशी’ नामाकरण भएपछि धरानका सबै वडाको ठेगनामा कोशी प्रदेश लेखिएको थियो ।

आन्दोलनरत पक्षले कोशी प्रदेश लेखिएका बोर्डहरु तोडफोड समेत गरेको थियो ।

‘हामीले आम सर्वसाधरणको सुुविधालाई ध्यानमा राखेर आज आइतबारबाट तालाबन्दी खोलिदिएका छौ’ आन्दोलनरत पक्षका नेता अमर इजमले भने हाम्रो आन्दोलनमा गर्नुु भएको सहयोगका लागि सबैलाई धन्यबाद तथा आभारपनि ब्यक्ति गरेका छौ ।तालाबन्दी खोलिएपछि अन्य आन्दोलनका कार्यक्रम भने निरन्तर रहने उनले जनाए ।