धरान । जनतासँग सरोकार राख्ने सरकारी कार्यालयहरुले समयमै कामम नगरिदिँदा सेवाग्राहीहरुले हैरानी व्यहोर्नु परेको छ ।

नेपाल सरकारका जिम्मेवार व्यक्तिहरुले सेवाग्राहीलाई सर्लसुलभ ढगबाट सेवा प्रदान गर्न समय समयमा यस्ता कार्यालयहरुलाई निर्देशन दिने गरेको भए पनि त्यसको कुनै सुनुवाई हुन सकेको छैन ।


पछिल्लो समय यसको प्रत्यक्ष उदाहरण  धरान १३ स्थित  इलाका प्रशासन कार्यालय । यहाँ  सर्वसाधारण काम लिएर दैनिक पुग्ने गरेका छन् । तर कार्यरत कर्मचारीहरुले समयमै काम नगरी ढिलासुस्ती गरिदिने, कामको चाप भएको बेलामा समय नहुदै क्यान्टिनमा खाजा खान जाने, सेवाग्राहीले कामका बारेमा बुझ्न खोज्दा झर्किने जस्ता कार्य गर्ने गरेको सर्बसाधरणको गुनासो छ ।


अहिले सबैभन्दा जल्दोबल्दो समस्याको रुपमा राष्ट्रिय परिचयपत्र बनेको छ । वैदेशिक रोजगारमा जानको लागि प्रक्रिया अगाडि बढाउन होस् अन्य कुनै प्रयोजनको लागि होस् अनिवार्य राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने बाध्यात्मककारी बनाइएको छ । तर सर्बसाधरणले यहि कार्यमा सास्ती खेप्नुु परेको छ ,त्यो पनि जिल्लामा शुुसासन र नियमित गर्ने ठाउमा ।


राष्ट्रिय परिचयपत्र बनाउन कार्यालय पुगेका धरान १५ का कैलाश श्रेष्ठले कार्यालयमा समयमा कर्मचारी नै नभेटेको गुुनासो गर्छन् । घण्टौको पर्खाइमा पनि कर्मचारी नआएपछि उनले त्यहाँ अन्य कर्मचारीलाई सोधपुछ गरेका थिए ।


उनले भने–‘राष्ट्रिय परिचयपत्र बनाउन धाएको धेरै दिन भयो, कहिले कर्मचारी कोठामा हुँदैनन्, कहिले सर्भर डाउन भयो भन्छन्, कहिले घण्टौ लाइनमा उभियो, पालो आएपनि कामै हुँदैन ।’


यस्तो गुनासो पोख्ने उनी एक्ला भने होइनन, त्यहाँ  पुगेका जोकोहीको गुनासो यही छ ।धरान १७ का रामचन्द्र राईको गुनासो पनि श्रेष्ठको भन्दा कम छैन । उनले समेत कहिले कर्मचारी कार्यालय समयमा नहुने, कर्मचारी कार्यालयमा भेटिए पनि सर्भर डाउन भएको भनेर आलटाल गर्ने गरेको गुनासो पोखे । उनले भने–‘सरकारले सेवाग्राहीको काम चाँडो नगरिदिने र आलटाल गर्ने कर्मचारीलाई कारबाही नगरेकै कारण कर्मचारीको मनोवल बढेर ढिलासुस्ती भएको हो, यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।’

स्नेहा श्रेष्ठ