धनकुटा । धनकुटाको पाख्रिवास–लेगुवाको माङमाया—वरडाँडा तीन किलोमिटर सडक ७ बर्षमा पनि बन्न सकेको छैन ।


  मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने यो सडकको तीन किलोमिटर सडक अझै बन्न नसकेको हो ।


समयमा सडक नबन्दा स्थानीय, यात्रु वाहक बसका चालक, यात्रुहरुले सास्ती भोग्नु परेको छ ।


मध्यपहाडी लोकमार्गको धनकुटा खण्ड अन्तरगत हिले लेगुवा सडकको निर्माण गत बर्षनै पुरा भयो ।


अन्यत्र सबै तिर सडक निर्माण कार्य पुरा हुदा पनि माङ्गमाया देखि वरडाँडा सम्म तीन किलोमिटर सडक भने अझै पुरा हुन सकेको छैन । सडक समयमै निर्माण पुरा नहुदा आफुहरुले बर्षेनी समस्या भगदै आएको स्थानियको गुनासो छ ।


यस सडक खण्डको सडक निर्माणको काम भनेको समयमा बाटो पिच नहुदाँ वा निर्माण नहुँदा दैनिक चल्ने यातायात तथा विद्यार्थीहरु तथा ब्यबसायीहरुले विभिन्न समया भोग्दै आएका छन् ।


संखुवासभा, भोजपुर र खोटाङ लगायतका जिल्ला पुग्ने सडक पनि यही रहेको छ । यहा पानी पर्ने वित्तिकै हिलाम्ये हुन्छ ।  गाडि गुडेपछि निस्कने धुलोले सडक आसपासका घरहरु धुलोले पुरिन्छ ।


निर्माण कम्पनी विरुवा कन्ट्रक्शनले हिले देखि लेगुवा सडक खण्ड मध्येका १३ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएको २०७२ सालमै पाएको थियो । उसले २०७५ सालमा सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने थियो । तर पटक पटक गरि ४ पटक म्याद थप गर्दा समेत सडक सम्पन्न हुन सकेको छैन ।


थपिएको म्याद अनुसार ठेकेदार कम्पनीले चैत्र भित्रमा काम सम्पन्न गर्नुपर्ने छ । पेटी ठेकेदारले काम नगरि दिँदा तथा कोरोना कहरका कारण समयमै काम गर्न नसकिए पनि यो थप गरिएको समय भित्र सम्पन्न गरिने ठेकेदार कम्पनीले जनाएको छ ।