धरान । धरानका मेयर हर्क साम्पाङले आगामी बजेटमा धरानको खानेपानीका लागि बजेट बजेट विनियोजन नगरे  सांसदलाई धरान छिर्न नदिने आशय ब्यक्त गरेका छन् ।

उनले धरानको खानेपानीको समस्या समाधान गर्न कोशीको पानी आवश्यक हुने र त्यसका लागि सरकारले बजेट विनियोजन गर्नु पर्ने बताउदै आएका छन् ।

आइतबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले भनेका छन् ‘यसपालिको राष्ट्रिय बजेटमा धरानको खानेपानी कोशीको पानी ल्याउने प्रोजेक्ट आउनु पर्छ ।जसरीपनि आएनभने माननिय ज्युु हरुलाई धरान छिर्न नदिने हो कसम’

उनको स्टाटसमा अधिकाशं ले समर्थन गरेका छन् । मेयर साम्पाङले धरानको खानेपानीका लागि श्रम अभियान चलाई रहेका छन् ।