धरान । आगामी बजेटमा धरानको खानेपानी लगायतका योजनामा बजेट माग गर्न धरानका मेयर तथा उपमेयर काठमाण्डौ पुुगेका छन् ।

 आगामी आर्थिक बर्षको बजेट निर्माणको कार्य भईरहेकाले धरानको खानेपानी सहित,शिक्षा,स्वास्थ्य तथा पर्यटनका योजनाहरुमा बजेट विनियोजन गर्न माग गर्दै नगर प्रमुख र उपप्रमुख काठमाण्डौ गएको उप प्रमुख अइन्द्र विक्रम बेघाको सचिवालयले जनाएको छ ।

 मेयर हर्कराज राईले धरानको खानेपानी समस्या समाधान गर्न कोशीको पानी ल्याउनुु पर्ने र त्यसका लागि केन्द्रिय सरकारले बजेट दिनुु पर्ने बताउदै आएका छन् ।

माओबादी नेतृत्वको सरकार भएको र उप प्रमुख अइन्द्र विक्रम बेघाको प्रधानमन्त्री तथा माओबादीबाट मन्त्री बनेका नेताहरुसँग नजिक रहेकाले बजेट तथा योजना माग गर्न सहज हुने योजना सहित नगर प्रमुख र उपप्रमुख दुुबै काठमाण्डौ गएको बुझिएको छ ।