धरान । धरानका मेयर हर्क साम्पाङ र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह विच आज भेटघाट भएको छ ।

मेयर साम्पाङ र शाह स्वतन्त्र रुपमा विजयी मेयर हुन् । हर्क साम्पाङ धरानको खानेपानीका लागि श्रम अभियान चलाएर चर्चामा रहेका छन् भने बालेन शाह अतिक्रमित सरकारी जग्गा सरकारी स्वामित्वमा ल्याउने कार्यका कारण चर्चित छन् ।

केही समय अगाडी काठमाण्डौको फोहोरका विषयमा मेयर साम्पाङले ब्यङग्यत्मक टिप्पणी गरेपछि मेयर बालेन शाहलेपनि प्रतिकात्मक जवाफ दिएका थिए । त्यसको सर्वत्र चर्चा भएको थियो । भेटमा दुबै पक्षले आफ्नो नगरको समान्य कुराकानी गरेका थिए । भेटमा मेयर साम्पाङले आफ्नो सांस्कृतीक पहिचान झल्कने उपमहार मेयर शाहलाई लगाइदिएका थिए ।