धरान । आर्थिक बर्ष २०८०-८१ को बजेटमा धरानमा समग्र समस्याको समाधान गर्न धरान उपमहानगरपालिकाकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र विक्रम बेघाको टोलीले संघीय सरकारलाई ज्ञानपत्र बुझाएर धरान फर्किएका छन् ।

उनीहरुले सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा याताया मन्त्रालय, खानेपानी मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रो्त तथा सिँचाई मन्त्रालयमा पुगेर धरानमा रहेका जल्दाबल्दा समस्याको विषयमा आगामी बजेटमा समावेश गर्न माग गरेका हुन् ।

काठमाण्डौबाट फर्किएपछि मेयरकै कार्यकक्षमा पत्रकार सम्मेलन गरी मेयर हर्क साम्पाङले १ सय वटा समस्याका विषयमा बुद्धागत रुपमा सम्बन्धित मन्त्रालयलाई धरानको विकास कार्यक्रमलाई समावेश गर्न आग्रह गरिएको बताए । उनले भने–‘हामीले १ सय वटा बुँदागत रुपमा सम्बन्धित मन्त्रालयमा योजना प्रस्ताव गरेका छौं, त्यसमा पनि खानेपानीलाई बढी प्राथमिकताका साथ अगाडि सारेका छौं ।

उनले धरानको खानेपानी समस्या समाधानका लागि मेयरमा निर्वाचित भएपछि धेरै काम गरे पनि दीर्घकालीन समस्या समाधान गर्न नसकेको बताउदै  खानेपानी मन्त्राललाई धरानको दीर्घकालीन खानेपानी समस्या समाधानको योजनाका विषयमा जानकारी गराइएको बताए ।

मन्त्रालयका दिएको दीर्घकालीन योजनामा सप्तकोशी नदीबाट धरानमा खानेपानी ल्याउने योजना, धरान २० बनियाटार जलाशय निर्माण, विद्यमान खानेपानी संरचना सुधार (पम्प तथा मोटर खरिद), धरान ४ को खाँकरडाडा खानेपानी मर्मत तथा ट्यांकी निर्माण, धरान ४ को देवीथान पम्पिङ खानेपानी आयोजना आदिको विषयमा योजना माग गरेको बताए । उनले खानेपानी मन्त्रालयका यी बाहेक धरानमा सबैभन्दा समस्याको रुपमा रहेको ल्याण्डपिल साइड, भानुचौकमा रहेको शौचालयको पुन: निर्माणका विषयलाई चालु आर्थिक बर्षको बजेटमा पार्न मन्त्रीलाई आग्रह गरेको बताए ।

यस्तै सहरी विकास मन्त्रालयमा पुगेर धरानको सभागृह मर्मत, नाटटकघर (थिएटर हल) निर्माण, राष्ट्रिय विभूति पार्क निर्माण, धरान १७ मा साँस्कृतिक पार्क निर्माण, सडक मानव आश्रय भवन निर्माण तथा पुस्र्थापना केन्द्र, धरान १३ मा साइन्स सिटी पार्क निर्माण, धरान २० मा टाँसी छयोलिंग बौद्ध गुम्बा निर्माण, धरान २० मा दलित संग्राहालय, धरान ११ मा सुनौलो नगरकोट वहुउद्देश्यीय कर्म हल, जे्ष्ठ नागरिक पार्क र जिम हल निर्माणका विषयलाई समेत चालु आर्थिक बर्षको संघीय बजेटमा पेश गर्न माग गरेको उनले बताए ।

यस्तै गरी उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेर सुर्दुपुल–चिण्डेडाँडा–विष्णुपादुका भन्ज्या सडक निर्माण, धरान ११ को विष्णृुचौक–सर्दु पुल सडक निर्माणलगायत ३२ बुँदाका अन्य योजनाहरु समेत समेटर योजना माग गरिएको मेयर साम्पाङले जानकारी दिए ।

साम्पाङका अनुसार संँस्कृति, पर्यटन तथा प्रविधि मन्त्रालय पुगेर हेलिप्याड निर्माण, कला, साहित्य, संगीतको प्रवद्र्धनात्मक कार्यक्रम, धरान १३ र २० मा रहेको श्रम संस्कृति पदमार्गको योजना राखेका थिए भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेर तालिम केन्द्र भवन निर्माण, धरान १६ मा वहुभाषिक, पाठशाला निर्माण, आविस्कार केन्द्रको स्थापना, धरान १३ को पुस्रेमा रहेको जनता पुस्तकालयको पुनः निर्माण, धरान १५ को  जनता आधारभूत विद्यालय, धरान १६ को भगवती आधारभूत विद्यालय लगायत १३ बुँदामा समेटिएका योजनाहरु बजेटमा समावेश गर्न माग गरिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुनसरी क्षेत्र नं. १ बाट विजय बनेका अशोक राई मन्त्री बनेका कारण उनले यस क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने आश्वासन दिएको मेयर साम्पाङले बताए ।

यसैगरी मेयरको टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा धरान २० मा विशेष औद्योगिक क्षेत्र स्थापना, बेसार फेक्ट्री निर्माण तथा व्यवस्थापन, सावुन फ्याक्ट्री निर्माण, कपास खेति, प्रशोधन र कपडा उद्योग निर्माणका विषयमा आगामी बजेटमा प्राथमिकतामा राखिदिन आग्रह गर्दै योजना प्रस्तुत गरिएको थियो मेयरको टोली वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, युवा त था खेलकुद मन्त्रालय र गृह मन्त्रालयमा पुगेर समसमयिक विषयलाई बजेटमा समेट्न आग्रह गरिएको मेयर साम्पाङले जानकारी दिए ।

मेयर साम्पाङको टोली चैत्र २० गते काठमाण्डौ पुगेका थिए । मेयरको टोली चैत्र २२ गते फर्किएको थियो ।