धरान /   शिक्षाका लागि सङ्गीत भन्ने मुल नाराका साथ सनिबार धरानमा भएको वाई वाई एसईई सिङ्गिङ आईडल सिजन ३ र डान्सिङ स्टार सिजन २ को पहिलो अडिसनबाट ८६ प्रतियोगि छनोट भएका छन।

            फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि द्वारा सन्चालित एफ.टि.एल अनलाईन टिभिको आयोजनामा भएको प्रतियोगितामा सिङ्गिङ तर्फ ८७ सहभागी मध्ये ५२  जना दोश्रो चरणका लागि छनोट भए त्यस्तै डान्सिङ तर्फ ५८ सहभागी मध्ये ३४ जना छनोट भएका छन।

भौतिक रुपमा उपस्थित हुन नसक्ने र टाढाका सहभागिहरुका लागि डिजिटल अडिसनको ब्यबस्था गरिएको प्रा . लि  का अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिए।

unnamed (3)

दोश्रो चरणको अडिसन आगामी बैशाख १६ गते धरान १६ अन्नपुर्ण चोकस्थित युएन सेमिनार हलमा हुने प्रा . लि का अध्यक्ष तुम्बापोले जानकारी दिए।

उनले भने नजिक भएर पनि अडिसनमा आउन नभ्याउने र टाढाका सहभागिका लागि डिजिटल अडिसन लिदै छौ। हाम्रो फेसबुक पेजमा प्रतियोगिहरुका गीत र नृत्य आईरहेका छन।

हामी बैशाख १४ गतेसम्म डिजिटल अडिसन लिन्छौ एसईई दिई सके पछि बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै उनिहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गराउने उद्येस्यले प्रतियोगिताको आयोजना गरिएको इभेन्ट निर्देसक राम बहादुर लिम्बुले बताए।

सिङ्गिङ तर्फको निर्णायकहरुमा भोइस अफ नेपाल सिजन २ का फाईनलिस्ट एबम गायक बिकास लिम्बू, सङ्गीत प्रशिक्षक बिनायक राई र गायिका जमुना राई थिए।सिङ्गिङ तर्फ  एसईई  सिङ्गिङ आईडल सिजन २ का बिजेता छिरिङ तामाङले सहायक निर्णायकको भुमिका निर्वाह गरे त्यस्तै डान्सिङ तर्फको निर्णायकहरुमा डान्स कोरियोग्राफर रेस्मा राई र एसईई ।

unnamed

डान्सिङ स्टार सिजन १ कि बिजेता नुमा लिम्बू थिए। २०७५ सालबाट सुरु भएको यो प्रतियोगिता  २०७६ र ०७७ सालमा भने विश्वव्यापी महामारी कोभिड १९ का कारण स्थगित भएको थियो एसईई  सिङ्गिङ आईडल सिजन १ को बिजेता तरहराको हिमशिखर बोर्डिङ स्कुलका गौरब राई भएका थिए। एसईई सिङ्गिङ आईडल सिजन ३ र डान्सिङ स्टार सिजन २  दुबैतर्फका बिजेताले ५० हजार नगद, प्लस टु अध्ययनका लागि पुर्ण छात्रबृत्ती लगायत आकर्षक पुरस्कार प्राप्त गर्ने छन।

दुबैतर्फका फष्ट रनर अपले नगद ३० हजार सहित प्लस टु अध्ययनका लागि ८० प्रतिशत छात्रबृत्ती प्राप्त गर्नेछन।त्यस्तै सेकेण्ड रनर अपले नगद २० हजार सहित प्लस टु अध्ययनका लागि ७० प्रतिशत छात्रबृत्ती प्राप्त गर्ने आयोजकले जनाएको छ।

सङ्घिय राजधानी स्थित काठमाण्डौ मोडल कलेज र धरान स्थित यु।एन। नबोदय कलेज यस प्रतियोगिताका एजुकेसनल पार्टनर रहेका छन।प्रतियोगिताका अफिसिय होस्ट मोडल एबम कोरियोग्राफर मेरिना तुम्सा लिम्बू रहेकी छन।