धरान । शुक्रबार देखि शुरु भएको किरात समुदायको मौलिक पर्व उभौली उल्लासपुर्ण ढंगले किरात राईहरुले मनाई रहेका छन् । 

धरानका विभिन्न चौंकहरुमा उभौलिको अवसरमा ढोल झ्याम्टा बताउँदै साकेला नाचिरहेका भेटिन्छन् । किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णिमा र अन्नबाली उठाउने समय मंसिर पूर्णिमामा एक÷एक महिना दिनसम्म मनाउने गरिन्छ ।

8 1

किराँत समुदायमा भूमि, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहेको छ ।

आज शनिबार पनि धरानको भानुचौंकमा किरात राई यायोख्खा धरान उपमहानगर समितीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै उभौली भव्यताका साथ मनाएका छन् । किरात राई यायोख्खा सुनसरीको आयोजनामा १५ दिन सम्म जिल्लाका सबै पालिकाहरुमा उभौली मनाउने कार्यक्रम तय गरिएको छ ।

4

उभौलि पर्वको क्रममा शनिबार सांस्कृतिक पहिरनमा सजिएर भेला भएका किरात राईहरुले कोशी प्रदेश नाम खारेजीको माग गर्दै मनाइरहेका छन् । उनीहरुले साकेला शैलिकै गितमा ‘कोशी प्रदेश नामाङ्कन खारेज गर, पुनःनेपालको प्राचीन सभ्यता एवम् वहु पहिचानको आधारमा किराँत प्रदेश नामाकरण गर’ नारा लगाएका छन् ।

5यायोख्खा सुनसरीको अनुसार उभौली पर्व आउँदो जेठ ६ गते धरान १७ स्थित साकेला पार्कमा समापन हुनेछ । उभौलीको अवसरमा वडा कार्य समिती स्तरीय साकेला सिलि प्रतियोगिता आयोजना पनि गरिने भएको छ ।