धनकुटा । धनकुटा नगरपालिकाको चार चौतारा दुर्घटना भइरहने स्थान हो । धनकुटा बजार तर्फबाट आउने सवारी साधनहरु चौताराको देब्रे र दाहिने तर्फबाट आउने सवारी साधनहरु बढी दुर्घटनामा पर्ने गरेका छन् । 

दुर्घटनाको जोखिम बढ्दै गएकाले रोड मिरर राखिदिन स्थानीयले आग्रह गरेका छन् । दैनिक जसो एक वा त्यो भन्दा बढी सवारी दुर्घटना हुने गरेकाले रोड मिरर राखिदिए सवारी दुर्घटना कम हुने स्थानीय बताउँछन् । सडकको देब्रे भागमा ठुला ठुला बर पिपलको रुख भएकाले पनि धनकुटा बजार बाट आउने सवारी साधनहरु देखि

न्दैन् । त्यही कारणले पनि दुर्घटना हुने गरेको छ । सामाजिक संजालमा युवक नाम गरेको फेसबुक आइडिबाट जिल्ला ट्राफिक कार्यालय धनकुटाले रोड मिरर राखिदिए दुर्घटना हुनबाट रोक्न मद्दत मिल्ने बताएका छन् । 

उनले लेखेका छन्, ‘यो ठाउमा दिनकै एउटा न एउटा दुर्घटना हुने गर्छ सानो ठूलो, ब्लाइन्ड स्पट जस्तै छ बाटो तल बाट आउनेले देब्रे अनि दाहिने बाट आउने सवारी साधन नै देख्दैन त्यस्तै दाहिने अनि देब्रे तिर बाट आउने ले तल बाट गाडी आको देख्दैन, जिल्ला ट्राफिक धनकुटाले एउटा रोड मिरर राखिदिए दुर्घटना हुन बाट रोक्न मद्दत मिल्थ्यो कि रुरु’ सवारी दुर्घटनाको जोखिम हुने क्षेत्रमा रोड मिररले दुर्घटनाको न्युनिकरण गर्न मद्दत हुने गरेको छ । दुवै तर्फबाट आउने सवारी साधन मिररमा देखिने भएकाले यसले दुर्घटनालाई रोक्ने स्थानीय बताउँछन् ।