received_974717176861071धरान । विगत पाँच वर्ष देखि धरानमा म्यानेजमेन्ट र हस्पिटालिटी म्यानेजमेन्ट अध्यापन गराइरहेको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले दीक्षान्त समारोह तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्धन प्राप्त एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट अध्ययन सम्पन्न गरेका छात्र तथा छात्राहरुलाई दिक्षित गरिएको हो । त्यस्तै कक्षा १२ मा अध्ययनरत र एड्भान्स डिप्लोमा कोर्ष सकेका बिद्यार्थीका लागि बिदाई कार्यक्रमको पनि आयोजना गरिएको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरूको पनि उपस्थिति रहेको थियो ।

received_252481127311096

दीक्षान्त कार्यक्रममा धरान उपमहानगरपालिकाका उप–प्रमुख आइन्द्र बिक्रम बेघा र धरान उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गणेश प्रसाद खतिवडाले विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा एलसीसीआई ग्लोबल क्वालिफिकेसन र एसक्यूए द्वारा प्रदान गरिने स्टुडेन्ट एम्बेस्डर अवार्ड जित्न सफल कलेजका २ विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमा पेमदिकी तामाङ र सन्देश पाल्पाली रहेका थिए । उनीहरुलाई जनही नगद रु। १० हजार, प्रमाण पत्र र एसक्यूए एम्बेस्डर लेभल पिन प्रदान गरिएको थियो ।


कार्यक्रममा विभिन्न प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरेको थियो । एफ एण्ड बि सर्भिस प्रतियोगितामा दोस्रो भएकी दिपा राई, सबिन लिम्बु, मौसम कार्की, निर्निमेष गुरुङ र पहिलो भएका आरजु राई, निर्जल भट्टराई, आइषा लिम्बु र सुजल तामांग लाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो । बेस्ट ग्रुमिङ्ग९छात्र० तर्फ त्रिचन तामांङ र छात्रा तर्फ दिपा राईलाई सम्मान गरिएको थियो भने बेस्ट डिसिप्लिन स्टुडेन्ट सुजल तामांङ घोसित भएका थिए ।

त्यसै गरि कलेजले स्टुडेन्ट अफ द इयर बाट मेला राईलाई सम्मान गरेको थियो भने हस्पिटालिटि साईनिङ स्टार सम्राट कार्की भएका थिए । कार्यक्रममा एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट कोर्षमा डिस्टिङ्गसन ल्याउने बिद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

received_974717176861071

कलेजका सी।इ।ओ तथा संस्थापक अभिषेक श्रेष्ठ र निर्देशक तथा संस्थापक अनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा श्री पब्लिक उच्च मा बि, धरानका प्राचार्य इन्द्र मोहन झा, हिसान सुनसरीका सचिव हेमन्त भण्डारी, एम्स एकेडेमी, धरानका दुर्गा सुबेदी, हिबिस्कस इंगलिस स्कुल, धरानका विजय सिंह थेबे र पर्यटन बिध बासु देव बरालको उपस्थिति रहेको कार्यक्रमको संचालन कलेजका संयोजक संगीत सिग्देलले गरेका थिए ।