इनरुवा । विद्यालयको शैक्षिक सुधार र व्यवस्थापन गर्न नसके पछि सुनसरीको इनरुवा नगरपालिका २ स्थित राजाजी रामजी महतो दास माध्यमिक विद्यालयका व्यवस्थापन समितीका अध्यक्षले राजिनामा दिएका छन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्ध प्रसाद मेहताले विद्यलायमा शैक्षिक सुधार र व्यवस्थापन गर्न प्रधानाध्यापकबाट असहयोग भएको आरोप लगाउँदै राजीनामा दिएका हुन

 । राजिनामा पत्रमा घरायसी कारण देखाएको भएपनि विद्यालयका प्रधानाध्यापक नारायण मेहता र लेखा कर्मचारी सुरेश मेहताको कार्यशैली अपारदर्शि गतिविधि र आर्थिक अनियमितता गर्ने काम भएकाले राजिनामा दिएको बुझिएको छ । नीजिको विद्यार्थी राखेर सरकारीको नतिजा देखाउने, नतिजा प्रकाशन समयमा नगरेको, प्रमथ भएको विधार्थीलाई पछाडी पारेर अर्कैलाई प्रथम बनाएको, आन्तरिक स्रोतको रकममा रजाई गरेको कारणले अध्यक्ष मेहताले राजीनामा दिएको स्रोतले जनाएको छ । मेहताले बैशाख १९ गते विद्यालयमा भएको छलफलमा राजीनामाको घोषणा गर्ने उद्घोष गरेको भोली पल्टै बैशाख २० गते समितिलाई सम्बोधन गर्दै प्रअ नारायण मेहतालाई राजीनामा पत्र बुझाएका हुन

 । 

यता प्रअ मेहताले कुनै पनि अनियमितता नभएको र विद्यार्थीको उपस्थिती नियमितताका आधारमा नजिता प्रकाशन भएको दाबी गरेका छन् । नतिजा प्रकाशनको समयमा शिक्षक संघको अधिवेशनमा काठमाण्डौमा गएको उनले बताएका छन् । 

अध्यक्ष मेहताले भने विद्यालयलाई खेलाची बनाएको, परीक्षा लिएको महिनौंसम्म नतिजा प्रकाशन नगरेको, चार जना भन्दा बढी बोर्डिङका विद्यार्थी राखेर सरकारीमा पढ्नेलाई बेवास्ता गरेको, तत्कालिन अवस्थामा राहतका शिक्षक नियुक्ती गर्दा प्राप्त भएको पाँच लाख रुपैयाँ सहयोग रकममा प्रअले आफू खुसी गरेको, कार्यविधि र नियमावली बिना नै १३ प्रतिशत व्याजदरमा लगाएर जोखिममा पारेको र विद्यालयको शैक्षिक सुधारमा चासो नदिएकोले राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।