धरान । धरानमा बढ्दै गएको विवाद समाधानमा उपमेयरको भुमिका नदेखिएको भन्दै सामाजिक संजालमा आलोचना बढ्दै गए पछि बल्ल आफ्नो धारणा सार्वजनिक गरेका छन् । 

चैत्र १ गते देखि धरान उपमहानगरपालिकाका मेयर र वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरु बिच विवाद बढ्दै गए पनि उपमेयरको भुमिका शुन्य नै थियो upameyar। केही दिन अघि एक कार्यपालिका सदस्यले कार्यवाहक पाउने लोभमा नबोलि बसेको भनेर सामाजिक संजाल मार्फत कटाक्ष नै गरेका थिए । उपमेयरको भुमिका नदेखिएको भन्दै सामाजिक संजालमा पनि आलोचना हुन थाले पछि उनी बोल्न बाध्य भएका छन् । विवादले उग्ररुप लिन थाले पछि उपमेयरले आफ्नो धारणा सार्वजनिक गर्दै समाधानको पहल मेयरले गर्नुपर्ने बताएका छन् । 

मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘लामो समयदेखि कार्यपालिका बैठक बस्न नसकेको कुरा सर्ववितिदै छ । धरान नगर प्रमुख ज्यू र वडा अध्यक्ष ज्यूहरुको विवादबाट उत्पन्न असमझदारीका कारण धरान अनिर्णयको बन्दी हुँदै गईरहेको छ । विभिन्न बहानामा एक पछि अर्को समस्या र द्बन्द्बहरु बढ्दै गर्ईरहेको अवस्था छ । यस्तो अवस्थामा नगर प्रमुख ज्यूले अभिभावकत्वको भूमिका निर्वाह गरी वार्ता, संवाद, सहकार्य र सहमतिको माध्यमबाट सबै खालका समस्याहरुको समाधान गर्दै अगाडि बढ्नु पर्ने देखिन्छ ।’

वडा अध्यक्ष ज्यूहरुले राखेका जायज मागहरुलार्ई सम्बोधन गरी कार्यपालिका बैठक तुरुन्त राख्न पहल गर्नुपर्ने मेयरलाई उनले सुझाव दिएका छन् । उनले लेखेका छन्, यसमा ढिला भए परिस्थिति जटिल बन्दै जाने देखिन्छ । यसको ज्वलन्त उदाहरणको रुपमा धरान वडा नं. १७ को घटनालार्ई लिन सकिन्छ ।’ गत सोमबार धरान–१७ को वडा कार्यालयमा भएको घटना खेदजनक र दुःखद भएकाले यस्ता घटनाहरुले कसैको हित नगर्ने बताएका छन् । 

अहिलेको धरानको परिस्थितिमा यस्ता घटनामा संलग्न हुनेहरुलार्ई कानुनी कारबाहि गरी निरुत्साहित गर्दै समग्र धरानको विकास र समृद्धिका लागि सबै जनाको एकता र सहकार्य जरुरी रहेकोले सबैको भूमिकालार्ई जोड्दै हालको असहज परिस्थितिलार्ई व्यवस्थापन गरि निकास दिन नगर प्रमुखलार्ई अनुरोध गरेका छन्् । उनले धरानमा देखिएको समस्या समाधानका लागि खेल्नु पर्ने सबै प्रकारको भूमिका निर्वाह गर्न तत्पर रहेको समेत जानकारी गराएका छन् ।