धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राइले नेपाल पत्रकार महासङका पुर्व अध्यक्ष केशव घिमिरेलाइ धम्काएको बिषयमा राष्ट्रिय मानवअधिकार आयोगले महासङ सुनसरीको प्रतिक्रियाको माग गरेको छ ।

उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले कार्यालयमा आएर बयान दिन भनि पटक पटक धम्क्याउने, सामाजिक संजाल मार्फत आफना समर्थकलाई उक्साएर विरुद्ध गालि ग्लौज गरेको भन्दै घिमिरेले आयोगमा उजुरी दिएका थिए । नेपालको संविधानले प्रदान गरेको मौलिक हक, नागरिक तथा राजनैतिक अधिकार सम्बन्धी अनुबन्ध १९६६, मानव अधिकारको विश्वव्यापी घोषणा पत्र १९४८ ले प्रदान गरेको भयरहित वातावरणमा सम्मानपूर्वक बाच्न पाउने मानव अधिकारको हनन भएकाले न्यायका लागि पहल गरी पाउँ भनि आयोगमा उजुरि आएको आयोगले जनाएको छ ।  

 महासंघ सुनसरीका पूर्व अध्यक्ष पत्रकार केशव घिमिरेले यही वैशाद २० गते धरानमा प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित अन्तक्रिया कार्यक्रममा विचार व्यक्त गरेको, अभिव्यक्ति दिएको भनिएको विषयलाई लिएर मेयरले धम्कीपुर्ण भाषा प्रयोग गरेको घिमिरेको आरोप छ । 


घिमिरेले दिएको उजुरी अनुसारको घटना हो होइन सम्बन्धमा महासंघ जिल्ला सुनसरीको प्रतिक्रिया आयोगले मागेको हो । घिमिरेको मानव अधिकारको संरक्षणका लागि के कस्तो पहल गरिएको छ सो को जानकारी उपलब्ध गराई आयोगको अनुसन्धान कार्यमा सहयोग गरिदिनु भन्दै नेपालको संविधानको धारा २४९ तथा राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१ बमोजिम निर्देशानुसार अनुरोध गरेको छ ।