धरान । सामुदायीक विद्यालय देखिएको दरबन्दी समस्या समाधान गर्न धरान उपमहानगरपालिकाले कार्यदल गठन गरेको छ । 

बुधबार बसेको धरान नगर शिक्षा समितीको पहिलो बैठकले प्रा। डा। राजेन्द्र शर्माको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा शिक्षा समितीका सदस्यहरु विकाश आचार्य, इन्द्रमोहन झा, कार्यपालिका सदस्यद्वय दिनेश गजमेर र विनिता बज्राचार्य रहेका छन् । कार्यदलले दुई महिना भित्र दरबन्दी सम्बन्धी प्रतिवेदन र कार्यविधि तयार गर्न सुझाव प्रतिवेदन बुझाउने भएको छ । 

नगर शिक्षा समितीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको अध्यक्षतामा बसेको बैठकले ४ जनालाई सदस्यमा मनोनित गरेको छ । बैठकले प्रधानाध्यापकहरुबाट इन्द्रमोहन झा र आरती थापा, विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरु बाट दिपक घिसिङ, विशेष तथा धार्मीक विद्यालयहरुको तर्फबाट लोक बहादुर थिङलाई मनोनित गरेको छ । यस अघि समितीमा मेयर राईले कार्यपालिका सदस्यद्वय विनिता बज्राचार्य र दिनेश गजमेरलाई मनोनित गरेका थिए भने गत आइतबार बसेको कार्यपालिका बैठकले लोकेन्द्र फागो र डे कुमारी विकलाई मनोनित गरेको थियो ।