धरान । न्युनतम पुर्वाधारका आवश्यकता पनि पुरा गर्न नसकिए नेपाल प्रहरीबाट ठुलो अपेक्षा राख्न नसकिने कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले बताएका छन ।

वडा प्रहरी कार्यालय बिराटनगरको नव(निर्मित प्रहरी कार्यालय भवनको बिधिवत रुपमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले आवश्यक बजेट व्यवस्था गरेर प्रदेश प्रहरीलाई सुदृढ गर्ने, प्रविधी मैत्री बनाउने, बिपद व्यवस्थापनका आवश्यक सामाग्री उपलब्ध गराउने लगायत प्रहरीको माध्यमबाट शान्तिसुरक्षा र सु(शासनमा  प्रभावकारी भुमिकाको लागी प्रहरीकालाई चाहिने भौतिक पुर्वाधार देखी विभिन्न प्रकारका सेवा सुबिधाहरुको सम्बन्धमा आवश्यक सहयोग गरिने र हाल सालै स्थापना भएको कोशी प्रदेश प्रहरी अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण भएमा प्रहरी अस्पताललाई थप स्तरोन्नती गरी सुविधा सम्पन्न अस्पताल बनाउनका निम्ति प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताए। वडा प्रहरी कार्यालय बिराटनगरको हाता भित्र आइतबार प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए । 

 बास्तोलाले भौतिक पुर्वाधार बिना प्रहरीले गर्ने दैनिक कामकाजमा सेवा र सहजताको बातावरणको सृजना नहुँदा सर्वसाधारणलाई प्रत्यक्ष असर पुग्ने भएकोले निर्माण सम्पन्न भएको नवनिर्मित भवनका कारण अबका दिनहरुमा सर्वसाधारणले प्रहरीबाट लिने सेवामा सहजता आउनुका साथै प्रहरी कार्य क्षमतामा समेत अभिबृद्धी हुने बिश्वास ब्यक्त गरे ।

उनले नव निर्मित संरचनालाई समुचित ढङगबाट त्यसको ब्यवस्थापन गरी नयाँ भवनको मर्मत संभार तथा रेखदेख गर्नु पर्ने कुरा बताउँदै  प्रहरी सेवा लिन कार्यालयमा आउने हरेक बर्गका नागरीकहरुलाई सभ्य र शिष्ट भाषा प्रयोग गरी आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्दै संरक्षक बनेर कार्य गर्न निर्देशन समेत दिए ।  चार तला र ३४ कोठा भएको कार्यालय भवन कोशी प्रदेश सरकार, भौतिक पुर्वाधार बिकास मन्त्रालयबाट बिनियोजित ४ करोड ४ लाख ६३ हजार ८४३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाई, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, कोशी प्रदेशका प्रमुख सचिव डा। दिपक काफ्ले, सडक पुर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव मोहनराज चापागाई, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत, जिल्ला अदालत मोरङका माननिय न्यायधीस दुर्गा प्रसाद ढुङ्गेल, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, बिराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र पराजुली, संचारकर्मीहरु, पुर्व प्रहरी कर्मचारीहरु, स्थानीय नागरीक समाजका प्रमुख तथा प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो ।