धरान । अखिल नेपाल किसान महासघंको धरान नगर अधिबेशन सम्पन्न भएको छ । शनिबार धरानमा भएको धरानका किसानहरुको भेलालेले संघीय संरचना पछिको पहिलो अधिबेशन सम्पन्न गरेको हो । अधिबेशनले २१ सदस्यीय नयाँ कार्य समितीपनि सर्वसम्मत चयन गरेको छ ।

महासघंको अध्यक्षमा बुद्धि तुम्माहाङ,उपाध्यक्षमा पदम राई,सचिबमा तोयानाथ दाहाल,सह सचिबमा सुरेन लिम्बु र कोषाध्यक्षमा कान्छिमाया राई चयन भएका छन् । सदस्यहरुमा अमर बहादुर विष्ट,शुस्मा मग्राती,राजन राई,शीवराम कोइराला विक,इन्द्र श्रेष्ठ,एन बहादुर विश्वकर्मा,साजन राई,चन्द्र परियार रहेका छन् ।

त्यसैगरी प्रमिला दाहाल,उद्धब राइ,सिता राना,जितेन्द्र तामाङ,मेखबहादुर राई,पुणदेवी राई,पर्शुराम बस्नेत र टेक तामाङ सदस्यमा चयन भएका छन् । महासघंका केन्द्रिय सचिवालय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज लोकेन्द्र सञ्जेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासघंकी केन्द्रिय सदस्य दुर्गा कुमारी घिमिरे,नेकपा एमाले धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजंङ एभेङ,नेकपा एमाले धरानका उपाध्यक्ष तथा मोर्चा संगठन विभाग प्रमुख पारस काङमाङ राई,सचिब राजेन्द्र राई,उप सचिब योगेशबाबु काफ्ले लगायतको उपस्थिती रहेको थियो ।

२०७८ साल फागुन १७ गते डम्बर तामाङको संयोजकत्वमा बनेको अधिबेशन आयोजक समितीले अधिबेशन आयोजना गरेको थियो ।