धरान । इकाई वन कार्यालय धरानले फोहोर फाल्ने स्थानमा बनाउँदै गरेको गेटको पिलर भत्काइदिए पछि धरान स्वतन्त्र समाजले वन कार्यालय परिषरमै लगेर फोहोर फालेको छ । 

धरान उपमहानगरपालिकाको डम्पीङ साइडको गेटमा बनाउन लागेको पिलर डोजर लगाएर भत्काइदिएको भन्दै धरान स्वतन्त्र समाजका समिर तामाङको नेतृत्वमा गएको टोलिले वन कार्यालय परिषरमा फोहोर फालेका हुन् । स्थानीय सरकारलाई काम गर्न अवरोध गरेको भन्दै उपस्थित भएका युवाहरु आक्रोशित बनेका थिए । अब देखि दैनिक धरानको फोहार वन कार्यालय परिषरमै फाल्ने चेतावनी दिएका छन् । मेयर हर्कराज राईकै निर्देशनमा स्वतन्त्र समाज फोहोर फाल्न गएको एक प्रतिनिधीले बताए । 

वन कार्यालय परिषरमा फोहोर फाल्ने कदम ठिक भएको भन्दै सामाजिक संजालमा पोष्ट गरेका छन् । उनले लेखेका छन्, ‘ बार २ हरेक चोटि धरानको बिकासमा बाधा दिइआइराखेको आज समीर तामाङ्ग ज्यु साथै स्वतन्त्र नागरिक समाजका साथीहरूले चाल्नुभएको कदम एकदम ठिक छ ! हामी सबै धराने जोडिनुपर्छ !’ भनेर लेखेका छन् । 

धरान उपमहानगरपालिकाको डम्पिङ साइडमा अनैतिक ढंगले आउने फोहोरका गाडिहरुलाई नियन्त्रण गर्न प्रवेशद्वारमा गेट बनाउन लागेको थियो । गेटको लागि पिलर बनाउन शुरु गरेको थियो । वन कार्यालयले छलफल नगरी गेट निर्माण गरेको भन्दै भत्काइदिएको थियो । धरान उपमहानगरपालिकाले फोहोर फाल्ने स्थानलाई सुरक्षित गर्न गेट बनाउन लाग्दा भत्काइदिएको भन्दै मेयर समेत आक्रोशित बनेका छन् । उनले सामाजिक संजालमा धरानको विकाशमा बाधा पुर्याएको आरोप लगाएका छन् ।