दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा न.६ स्थित दुर्गाकालि मन्दिर छेउमा  श्रीरामजानकी मन्दिरको उद्घाटन  भएको छ। सो मन्दिरको  उद्घाटन प्रमुख अतिथि   नेपाली कांग्रेसको नेता तथा  पुर्व उपप्रधानमन्त्री   बिजय कुमार  गच्छादारको  बाट   मन्दिरको  उद्घाटन  गरिएको थियो।  

दुहबी वडा न.५का स्थानीय समाजसेवी गुलाब चन्द रौनियार र बैधनाथ रौनियार दाजु भाईले निर्माण गरेको श्री दुर्गा माता चरण पादुका श्रीरामजानकी मन्दिरको पूर्ण निर्माणका प्राण(प्रतिष्ठानका लागि भारतको श्री धाम अयोध्याका  चर्चित कथा बाचक गुरु श्रीव्यास वेदन्ती नन्दन जी महराज जि को मुखारबाट कथा बाचक मन्त्र जब  गरिएको  थियो।    

उद्घाटन  कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिजय कुमार गछ्दारले  दुहबीको समग्रमा  बिकासका लागी  रौनियार परिवारले   दिएको अतुलनिय योगदान   को बारेमा  खुलेर प्रशंसा गरेका थिए।   दुहबीको बिकासमा आफ्नो पनि  अभुतपुर्व योगदान रहेको स्मरण गर्दै   हल्दिबारी       झापा  हुदै  मोरङको तेतरिया  सुनसरीको  दुहबी  इनरुवा  रोड स्तरौन्नती गर्ने आफ्नो  सपना रहेको  र सो पुरा अठोट  रहेको जनाए   ।  

बिशिस्ट अतिथि  दुहबी  नगर प्रमुख बेद गच्छादारले    दुहबी न पा  धार्मिक उर्बरभुमि रहेको साथै रामकुमार रौनियार  र संजय रौनियार ९सन्जु० ले  मन्दिर निर्माण गरेर इतिहासले कहिले नभुल्ने   पुन्यकाम गरेको बताए ।

उनले    समय  सगै परिवर्तन  आबस्यक रहेको भन्दै   दुहबी लाइ धार्मिक पर्यटन स्थल बनाउन  रोड अतआवस्यक रहेको   र  सो को लागी  आफु अगाडी  बढिसकेको   हुदा  नगरबासीले  बिनापुर्वाग्रह   साथ  दिनु पर्ने जोड दिए ।    दुहबीको बिकासका लागी   शुक्राचार्यले  होइहोइहोइन  बृहस्पतीले  दिएको बाटो अबलम्बन गर्न  समग्र  दुहबी बासिलाइ  आग्रह गरेका समेत  छन ।

यसे गरि दुहबीको सानो परिचय दुहबी नगरपालिकाको पूरानो नाम कृष्णनगर हो । भगवान कृष्णको नाममा यो बजारको नामाकरण गरिएको हो । बजार क्षेत्रमा बि।स। २००९ सालमा एउटा ठूलो आगलागी भएको थियो ।

जुन आगो पूर्व क्षेत्र हुँदै चारैतर्फ फैलिएको थियो । तर आसपासका कुनै पनि मन्दिर दुर्गा मन्दिर र कृष्ण मन्दिरमा कुनै नोक्सान भएको थिएनन् ।

वि।स। २०११ सालमा तत्कालिन बडा हाकिम भूपालमान सिंह, मातृका प्रसाद कोइराला, तोलाराम दुगड लगायत बिराटनगर बासीको अगुवाईमा तथा दुहबी निवासी केदार राम रौनियार तथा लखन राम अग्रहरीको सहयोगमा दुहबी बजारलाई नयाँ स्तरूपमा परिवर्तन गरी पूरानो विकदन्ती अनुसार दुवि, सुवि दुई दिदी, बहिनीको नामबाट नयाँ दुहबीको नाम नामाकरण गरिएको हो ।

पौराणिक कितंदन्ती अध्ययन पश्चात आधुनिक दुहबी बजारको वर्तमान अवस्थामा नेपालको पूर्वका औद्योगिक नगरिका रूपमा नेपाल अधिराज्यभरी चिनिएको ठाउँ हो। 

यस बजार सामाजिक, आर्थिक, धार्मिक, साँस्कृतिक, राजनैतिकको बेग्लो महत्व छ ।  यस्तै प्रकारका धार्मिक साँस्कृतिक क्रियाकलापले  दुहबीलाई विस्तारै विकासको तर्फ लगिरहेका छन् ।दुहबी बजार २०१७ साल पछि मोरङ्गबाट छुटिएको हो ।