सुनसरी / जवरजस्ती करणीमा संलग्न २ जनालाइ पुर्पक्षको लागि मोरङ जिल्ला अदालतले कारागार चलान गर्न आदेश दिएको छ ।

रङेली नगरपालिका ३ का शिव कुमार झागड र जहदा गाउँपालिका ७ का बिपिन कुमार शाहलाइ जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षको लागि कारागार चलान गरेको हो । 

झागडले दुई महिना अघि रङेलीको एक होटलमा विवाह गर्छु भनि प्रलोभनमा पारी एक महिलालाई जवरजस्ती करणी गरेको आरोप लागेको छ । झागडलाइ पक्राउ गरी अनुसन्धान पश्चात मोरङ जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि कारागार चलान गरिएको हो  । 

त्यसै गरि गत वैशाख २४ गते जहदाका साहले १५ वर्षकी बालिका लाई ललाई फकाई विवाह गर्छु भनी प्रलोभन देखाई जवरजस्ती करणी गरेको आरोप लागेको छ । साहलाइ प्रहरिले पक्राउ गरी अनुसन्धान पश्चात मोरङ जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।