धरान /  सार्वजनिक बिदा भयोकि मेयर साम्पाङ  श्रमदानमा पुगी हाल्छन्। धरानमा कोकाहा खोलाबाट खानेपानि ल्याउन उनि दिनरात नभनि लागि परिरहेका छन ।

सधै शनिबार श्रमदानमा जाने गरेपनि सार्वजनीक विदामा पनि पुगि हाल्छन, खोला । छुट्टी हुने बित्तिकै मेयर साम्पाङ श्रमदानको योजना बनाउने गर्छन ।

उनी धरान उपमहानगरपालिकाको काम संगै धरानको विकासको लागि पनि अहोरात्र खटिरहेका छन ।   भोक तिर्खा निद्रा नभनि साम्पाङको एउटै योजना छ धरानलाई विकास गर्ने । गतसोमबार गणतन्त्रको दिवसको सार्वजनीक विदाको दिन पनि स्वतन्त्र नागरीक समुहका प्रतिनिधी सहित पुगेर निस्वार्थ श्रमदान गर्ने आउने सम्पुर्णलाई धन्यवाद दिएका छन् ।

348424139_1432808954121028_667017607314834470_n

शनिबारको तुलना भन्दा श्रमदाताहरु केहि कमको उपस्थीति देखिए पनि ३ भागमा टोलि विभाजन भएर श्रमदानमा खटिएका थिए । मेयर संगको टोलि पटनालि, दत्त लिम्बु सहित एक टोलि कटारी र अर्का टोलि कोका खोला गएर श्रमदान गरेका छन् ।

  श्रमदान अभियानमा सहयोग गर्ने सहयोग दाताहरुको सहयोग  भने निरन्तर बढिरहेको दत्त लिम्बु र निशल पलिखेले बताए ।

सोमबार चेलि समुह नेपालले १४ हजार २ सय ४२ रुपैयाँ , जिवन कुमार लिम्बुले २१ हजार ३ सय ६३ रुपैयाँ, चुरी अफ गोल्डले १० हजार १५ रुपैयाँ सहयोग गरेका छन । 

348556960_477786187871668_6001228647525555845_n

 श्रमदान अभियानको साम्पाङले मुख्य जिमेवार पाँच टोलि समुह गठन गरि कामको विभाजन गरेका छन ।

किचन टोलि, गाडि व्यवस्थापन, मेडिकल सेफटि, प्रविधिक टोलि, सर्भे टोलि गरी श्रमदानलाई प्रक्रियागत ढङले अगाडी बढाउने साथै विपि पार्कमा तत्कालै २५ हजार फुलको विरुवा रोपेर पर्यटन क्षेत्र बनाउने मेयरले बताए ।