धरान /सहकारी संस्था आर्थिक पारदिर्शिता, जथाभावि ऋण लगानी, बचतकर्ताको रकम समयमै भुक्तानी नगरेको विषयमा उपमहानगरपालिकाको आर्थिक महाशाखामा व्यापक उजुरी परेपछि अनुगमनपश्चात सहकारी सञ्चालनका विषयमा तालिमको आयोजना गरिएको हो ।

खासगरी सहकारीका लेखा समितिमा रहेका कर्मचारीहरुलाई ताग्रेड गरेर तालिमको आयोजना गरिएको थियो ।

केही समय अगाडि धरानमा रहेको सहकारी संस्थाको अनुगमनपश्चात धेरै सहकारी संस्था सहकारी ऐन अनुसार सञ्चालन नभएको पाइएपछि धरान उपमहानगरपालिका आर्थिक महाशाखाको आयोजनामा तथा प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षक कार्यालयको सहयोगमा धरानमा पाँच दिने तालिम सम्पन्न भएको छ ।

सो अवसरम बोल्दै धरान उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष आफूले सिकेको कुरा सहकारीका सबै कर्मचारीलाई सिकाउन आग्रह गरे ।

आर्थिक विकास समितिका संयोजक विनता बज्राचार्यले थाहा नै नदिई अनुगमन गरेको विषयमा सहकारीका कर्मचारीहरुले उठाएको गुनासोप्रति जवाफ दिएकी थिइन । उनले सहकारी सस्था नियम अनुसार नचलेकै कारण अनुगमन गर्नुपरेको स्मरण गराइन् ।

उनले सहकारी राम्ररी चलेको छ र उपमहानगरपालिकाको आर्थिक महाशाखामा उजुरी नआउने हो भने अनुगमन गर्नु नै नपर्ने उनको तर्क थियो ।

सहकारी ऐन अनुसार प्रत्येक बर्षको पहिलो त्रैमासिकभित्र अनुगमन गरिसक्नुपर्ने प्रावधान छ । अनुगमन गरेको प्रतिवेदन सरकारलाई बुझाउनु पर्ने हुन्छ । प्रत्येक बर्ष नियमाक निकायले सहकारी संस्थाको अनुगमन अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ ।

प्रदेश  सहकारी रजिष्ट्राचार तथा प्रशिक्षक कार्यालयका अधिकृत मनोज कार्कीले धरानको हकमा माग बमोजिम प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षक कार्यालयले सयुक्त रुपमा अनुगमन गरिएको बताए ।

तालिममा सहभागीहरुले समेत यो तालिम प्रभावकारी भएको बताएका थिए । उनीहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्दै सहकारी ऐन अनुसार सहकारीहरु चल्ने हो भने आजको अवस्था नआउने सहभागी कुलचन्द्र न्यौपानलेले बताए ।

तालिमममा धरानमा रहेका २२ वटा सहकारी संस्थाका लेखा समितिमा काम गर्ने कर्मचारीको सहभागिता रहेको थियो  ।

धरानमा ८८ वटा सहकारी संस्था रहेका छन् । यसमध्ये पनि प्रक्रिया पूरा गर्न पाउने कोपोमस पाउनेको संख्या ६६ रहेको छ भने चुस्तदुरुस्त रेकड अपलोड गर्ने मात्र ५५ वटा सहकारी संस्था रहेको पाइएको छ । यसलाई अझ प्रभावकारी बनाउन तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।