धरान/  सुनसरी जिल्ला बक्सिङ संघको छैटौं अधिवेशनले सुधिर  सिंह लिम्बुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । 

गत मंगलबार धरानमा सम्पन्न छैटौ अधिबेशनले लिम्बुको अध्यक्षतामा उपाध्यक्षद्वय राजेन्द्र लिम्बू {आशिष }र गणेश बुढाथोकी, सचिवमा बिनोद राई र कोषाध्यक्षमा सुनिल अग्रवाल{बन्टी} चयन भएका छन् । 

त्यसै गरि सदस्यहरुमा शुरेश चौधरी, दिपक बर्देवा,अजय लिम्बु ,दिनेश सिंघक लिम्बु ,रन्जित शाह ,बिध्या देवान र अन्जु राई रहेका छन् । 

नव कार्य समितिहरुलाई केन्द्रिय उपाध्यक्ष एवम्  छ जिल्लाको जिल्ला गठन अधिकार प्राप्त{अख्तियार}नरेन्द्र लिम्बु पोमोले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सुनसरी जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक कुमार राई रहेका थिए भने समितिको कार्यलय प्रमुख सचीव यादव कार्की आतिथ्यता रहेको थियो ।

बिकास कुमार गुभाजुको अध्यक्षतामा भएको कार्यक्रममा नव अध्यक्षलाई माईनट बुक, चेकबूक र संघको स्ट्याम हस्तान्तरण गरिएको थियो ।