धरान / धरान १० विशालपथमा रहेको कवाडी पसलले वडा नै प्रदुषित  भएको  भन्दै स्थानीयले हटाउन माग गरेका छन् । कवाडी पसलले टोलमा दुर्गन्ध फैलाएको भन्दै वडा नम्बर १० का अध्यक्षले स्थानीय पसललाइ २ दिन भित्र हटाउन निर्देशन दिएका छन् ।

विगत केही समयदेखि बेचनप्रसाद साहले यस स्थानमा कवाडी पसल सञ्चालन गर्दै आएका थिए ।

कवाडी पसल सञ्चालन टोल नै दुर्गन्धित भएको भन्दै वडामा स्थानीयहरुले निवेदन समेत दिएका छन् ।

विशालपथ र बुढासुब्बा टोल विकास समितिले हटाउन माग गर्दै लिखित रुपमा निवेदन नै दिएका हुन् । सोही निवेदनको आधारमा १० नंं वडा समितिले साहको नाममा उजुरी आएपछि दुवैपक्षलाई राखेर गत बर्षको जेष्ठ महिनमा छलफल समेत राखेको थियो

वडा अध्यक्ष बिबेक राइले ३५ दिन अघि पसल सार्न अल्टिमेटम सहितको सुचना टास गरेका थिए । आज ३३ दिन पछि अनुगमनका क्रममा २ दिन पसल सारी सक्न निर्देशन दिएका हुन् ।

धरान १० विशाल पथमा रहेको बेचनप्रशाद शाह र रोशन साहले सञ्चालन गरेको  कवाडि पसल हटाउन निर्देशन दिएका छन् ।  पसलको अनुगमन गर्न वडाध्यक्ष सहित स्थानिय टोल विकास समितिका प्रतिनिधि र स्थानियवासीले पुगेका थिए । 

३५ दिने सुचनालाई ख्याल गर्दै आधा भन्दा बढि सामान अन्यत्र सारी सकेको साहले बताए ।

बाकि रहेको सामाग्री हटाउन केहि दिन लाग्ने भएकाले त‍ोकिएको समय अबधि  भरीमा हटाउन नसकिने हुदा दुई चार दिन थप गरिदिन  अनुरोध गरेका छन ।