धरान । धरान उपमहानगरपालिकाले पानीपियामा राखेको सिमा प्रारम्भको वोर्ड इटहरी उपमहानगरपालिकाले दिउसो हटाइदिएको छ । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले नगर प्रहरी पठाएर बोर्ड हटाउन लगाएका हुन ।

सोमबार विहान मात्र धरानका मेयर हर्कराज राई (साम्पाङ)ले नगर प्रहरी पठाएर पानीपियामा सिमा प्रारम्भ बोर्ड लगाउन लगाएका थिए । धरानको आधिकारीक सिमानमा आफुले वार्ड राख्न लगाएको मेयर साम्पाङको भनाइ छ  । जिल्ला समन्वय समितीलाई सिमाना विबाद मिलाउन आग्रह गरेपनि वास्ता नगरेपछि आफुले वार्ड राख्न लगाएको मेयर साम्पाङको तर्क छ । इटहरी उपमहानगरपालिकाले भने धरानका मेयरले सिमानाको टुंगो लगानउने ब्यबस्था नभएको बताएको छ । मेयर हेमकर्ण पौडेलले इटहरीले ले भोगचलन गरिरहेको सिमाक्षेत्रमा कसैले दावी गर्दैमा उसको नहुने बताएका छन् । सिमा विबादका विषयमा यस अघि नै बसेर छलफल गर्न अनुरोध गरेको पनि उनले बताएका छन् ।यस अघि मेयर साम्पाङले लगाएको बोर्ड्र एमाले निकट राष्ट्रिय युवा सघंले हटाएको थियो । त्यस बेला दुई पालिका विचभन्दा पनि धरान र युवा सघं विच विबाद भएको संदेश गएको थियो । यस पटक भने इटहरी उपमहानगरपालिकाले आफै वोर्ड हटाएको छ ।

यो सँगै धरान र इटहरीको सिमाना विवाद उत्कर्षमा पुगेको छ  ।