धरान । युएन नबोदय कलेज धरानले ` यु एन बेकरी एण्ड क्याफे´ सन्चालन गर्ने भएको छ ।
`पढ्दै कमाउदै शिक्षा ´कार्यक्रम अन्तर्गत क्याफे सन्चालन गर्न लागिएको युएन नबोदय कलेज प्रमुख डम्बरकुमार तुम्बापो ले जानकारी दिए ।
सनिबार कलेजमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जनकरी अनुसार कलेजले आफ्नै जनशक्ति र ब्राण्ड प्रयोग गरेर क्याफे सन्चालनमा ल्याउन लागेको हो ।

20230708_163033

होटल म्यानेजमेन्ट अध्ययन गर्ने बिध्यार्थीहरु को सीप बिकाश गर्ने तथा रोजगारी दिने कलेजको योजना रहेको तुम्बापोले जानकारी दिए ।
कलेजले अभिभावक तथा सर्बसाधरण लाई पनि मासिक तथा त्रैमासिक रुपमा बारिस्टा,बेकरी,पास्ट्री,जस्ता तालिम दिइने कलेजका अध्यक्ष ज्ञानेश्वोर झा ले जानकारी दिए ।
क्याफे बाट उत्पादन भएका सामाग्री सुफत मुल्यमा घरघरमै पुर्याउने ब्यबस्था मिलाइने उनले बताए ।
क्याफे बाट धरानको स्पेसल कोशेलिको `धराने कोशेली´ रूपमा स्पेसल कोशेलीपनि उत्पादन गर्ने क्याम्पस प्रमुख तुम्बापो ले जानकारी दिए । क्याफे धरान १६ स्थित विद्युत प्राधिकरण छेउमा रहनेछ ।