धरान । बिपि कोइराला स्वस्थ्य बिज्ञान प्रतिस्ठान धरानको असक्षम ब्यबस्थापनका कारण बिरामी राख्ने बेड ढुङ्गाले अड्याउनु पर्ने अबस्थामा पुगेका छ्न ।
प्रतिस्ठानमा मर्मत र खरिदका नाममा बार्षिक रूपमा करोडौं खर्च हुने भएपनि बिरामी सुत्ने बेडसम्म त्यो बजेट पुग्न नसक्ने उदाहरण प्रतिस्ठानको पेड्रीएटिक इमर्जेन्सी ( बच्चा को आकस्मिक कक्ष )मै देख्न सकिन्छ ।
FB_IMG_1690331903785
प्रतिस्ठानमा हुने गुणस्तरीय उपचार सेवा को बिश्वास घट्दै गएको अबस्थामा बेड्नै ढुङ्गाले अड्याउनु पर्ने अवस्था देख्दा प्रतिस्ठान अब सबै कुरामा कमजोर देखिएको सबैको ठम्याइ रहेको धरान -१७ का प्रमोद बिक ले बताए ।
२-४ सय खर्चमा हुने  काम पनि नगरेको भन्दै उनले प्रतिस्ठान कर्मचारीको कमाउने थलो भएको उनले बताए । धनकुटाका नैन बिश्वकर्माले ढुङ्गाले बेड अड्याएको तस्बिर सार्बजनिक गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएका छन् । प्रतिस्ठानका ओपिडी सहितका सेवाहरु निकै कमजोर हुँदै आएको सर्बसाधरणले गुनासो गर्दै आएका छन् ।
FB_IMG_1690331898221