धरान / धरानमा विगत लामो समय देखि धरान उप माहानगरपालिका मेयर हर्क साम्पाङग राईले व्यापक रुपमा चलाएको वृक्षरोपण कार्यक्रमले गत साता धरान वडा नम्बर –४ स्थीती छोटि मोरङमा वृक्षरोपण गर्ने क्रममा व्यक्तीको जग्गामा वृक्षरोपण गरेको भन्दै विवाद सुरु भएपछि धरानमा केहिदिन चर्किएको विवाद  साम्य भएको छ।IMG_20230729_174152

उक्त वृक्षरोपण विरुद जग्गा धनिले सर्वोच्चमा मुदा दायर गरेपछि सर्वोच्च बाट धरान उपमहानगरपालिकामा स्टेअर्डरपत्र आएपछि मेयर साम्पाङले सर्वोच्च अदालतको समान गर्दे उक्त स्थानमा वृहत रुपमा गरिने भनिएको वृक्षरोपण रोकेर अन्य क्षेत्रमा शनिबार वृक्षरोपण गरेका छन 

मेयर साम्पाङको गरिरहेको श्रमदानको काम देश तथा विदेशमा व्यापक रुपमा चर्चा कमाई रहेकोले अधिकासले साम्पाङको गुणगान गाउने साथै विकासका उदारणीय मेयरको रुपा हेर्ने गर्थे तर पछिलो समय उनले गरेको कतिपय कामहरु नितिगत रुपले नभएको भन्दै धेरैले विरोध समेत गरेका थिए ।

मेयर साम्पाङले सर्वोच्चको आदेशलाई म समान गर्छु मैले सपथ ग्रहण गर्दा गरेको प्रतिबद्वता  विर्सिएको छैन देशको कानुलाई मान्ने मान्छे भएकाले कानुन विपरित गएर कुनै पनि काम नगर्ने मेयेर साम्पाङले बताएका छन । धरानमा वृक्षरोपणले बढाएको विवाद अहिले साम्य भएको छ । वृक्षरोपणमा कैलालि,कनचनपुर, हेटौडा,सिन्धुली लगाएतका क्षेत्रबाट समेत दर्जनौको सहभागिता रहेको थियो