सुनसरी/ धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट वाहिर सञ्चालनमा रहेका सबै पोलिक्लिनिकहरु अवैध रुपमा सञ्चालन भइरहेका छन् ।
गेट वाहिर सञ्चालनमा रहेका अधिकांश फार्मेसीहरु समेत नियमविपरित सञ्चालनमा छन् ।
प्रत्येक नागरिकले सहज रुपमा राम्रो स्वास्थ्य उपचार पाउने उसको अधिकार हो ।
चेक जाचसगै औषधी समेत सहज सगै सर्वसुलभ पाउनु हरेक नागरिकको अधिकार हो ।
स्वाथ्य जस्तो संवेदनशिल क्षेत्रमा सञ्चालन हुने अस्पताल होस् या पोलिक्लिनिक र औषधी पसल वैध रुपमा सरकारले तोकेको मापदण्ड पुरा गरेर सञ्चालन हुन पर्छ ।
कतिपय फार्मेसीहरुमा त अनाधिकृत व्यक्तिहरुले औषधी समेत विक्री गरिरहेको पाइएको छ ।
कतिपय औषधीहरु तोकिएको भन्दा धेरै मुल्य लिएर बिक्रि गर्ने गरेका पाइएको फार्मेसी सुपरभाइजर अशोक साह बताउँछन् ।
पोलिक्लिन तथा फार्मेसीहरु आधिकारीक रुपमा दर्ता नगरि तथा केहीले दर्ता गरे पनि नविकरण नगरी सञ्चालन समेत गर्ने गरेका छन् ।
५० प्रतिशत भन्दा धेरै फार्मेसीमा अनाधिकृत व्यक्ति राखेर औषधी विक्री गर्ने गरेको तथा आफू नवस्ने जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका जनस्वास्य निरीषक पर्शुराम साह बताउँछन् ।
प्रतिष्ठानको गेटमा सञ्चालनमा रहेको दिव्यम् डाइनोष्टिक सेन्टर र माता पाथिभरा मेडिकल सेन्टर त कही पनि दर्ता नगरी अनुमति विना सञ्चालनमा रहको अनुगमनको क्रममा पाइएको थियो ।
सुनसरी प्याथोलोजी ल्याब, पाँचकन्या पोलिक्लिनिक र सुनकोशी डाइनोष्टिक पनि अवैध रुपमा सञ्चालनमा रहको पाइएको छ ।
उनीहरुले ०७३ सालमा दर्ता गरे पनि त्यसपछि नविकरण गरेका छैनन भने सेवा थप गरेको भए पनि अनुमति भने नलिइएको धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीषक विजयकुमार साह बताउँछन् ।
अनुमति नलिइ फार्मेसी तथा पोलिक्लिनिकहरुको अवैधमा सञ्चालन भइरहेको सुचनाको आधारमा जिल्ला प्रशासन कार्यलयको नेतृत्वमा अनुगमन टोली पुग्दा कतिपय व्यवसायीहरु पसल बन्द गरेर भागेका थिए ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव खतिवडाको नेतृत्वमा प्रतिष्ठानको गेट अगाडी टोली पुग्दा अवैध रुपमा सञ्चालनमा रहेका फार्मेसीहरु बन्द गरेर व्यवसायहरु भागेका थिए ।
कानुन विपरित सञ्चालन भएका फार्मेसी तथा पोलिक्लिनीकहरुलाई कारबाहीको दायरामा ल्याउने जिल्ला प्रशासन कार्यलय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाले बताए ।
प्रतिष्ठानको गेट वाहिर सञ्चालनमा रहेका करिव २ सय ५० मार्फेसी मध्ये टोलीले ५८ वटाको अनुगमन गरेको थियो भने अन्य अधिकांश अनुगमन टोली आएपछि बन्द गरेर भागेका थिए ।
गृह मन्त्रालय निर्देशनमा जिल्ला प्रशासन कार्यलयले सुनसरीका १२ वटै स्थानिय तहमा अनुगमनलाई तिव्रता दिइरहेको छ ।