विराटनगर/  दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ । 

विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा  विराटनगरमा रहेको सत्यनारायण माविलाई २–० गोलले हराउँदै बराहा राईजिङले उपाधि जितेको हो । 

उपाधिसँगै बराहाले नगद १२ हजार २ सय २२ रुपैयाँ र ट्रफि पाएको छ । उपबिजेता बनेको सत्यनारयण स्कुलले ७ हजार ७ सय ७७ रुपैयाँ र ट्रफिमा चित्त बुझायो । 

बराहा राईजिङलाई उपाधि दिलाउन कृष पौडेल नायक सावित भए ।

उनले २ गोल गरे । प्रतियोगिताको म्यान अफ फाइनल  बराहा राईजिङका आयुश मगर घोषित भए ।

विद्यागत पुरस्कारहरुमा पनि  बराहा राईजिङलको बर्चस्व रहयो । 

बेष्ट गोल किपरमा सनसाईनका सुप्रीम सुवेदि, बेष्ट  डिफेन्स   डन बस्को स्कुलका पृथु मान सिह अधिकारी, बेष्ट मिड फिल्डर  सत्यनारायण माविका भरत चौधरी, बेष्ट फरवार्ड बराहाका प्रशान्त घोषित भए ।  बेष्ट –  कोचमा  बराहाका   आकाश राई भए ।

हाइ स्कोर  बराहाका  रोहन राई,  प्रतियोगिताको सर्बश्रेष्ठ खेलाडी युनिक एकेडेमीका  धिरज उराव भए । 

सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको खेलमा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक बिक्की कार्कीले जानकारी दिए ।

सोही अवसरमा रेफ्री सन्तोष ताम्राकारलाई सम्मान गरिएको छ ।

बिजेता हुने खेलाडी र सम्मानित हुने रेफ्री ताम्राकारलाई कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका सांसद भिम पराजुलीले पुरस्कार वितरण गरेका थिए ।