धरान/  स्वास्थ्यका लागि फलदायी मानिएको ड्रागन खेतितर्फ पूर्वका कृषकहरु आकर्षित हुदै गएका छन् ।

यो खेतितर्फ कृषकहरु आकर्षित भएका छन् । यो फलको अत्याधिक माग भएकै कारण ड्रागनखेतितर्फ कृषहरु आकिर्षत बन्दै गएका हुन् ।

धरान ५ ठिंगाबारीका दुई दाजु भाईले ड्रागन खेति गरेर मनग्गे आम्दानी गर्दै आएका छन् । अहिले उनीहरु यो खेतिबाट भविष्य खोज्दैछन् ।

धरान ५ ठिंगाबारीका दुई दाजुभाई कृषि फर्म नै खोलेर ड्रागन खेतितर्फ लागेका छन् । नव ऊर्जा बहुद्देश्यीय कृषि फर्म सञ्चालन गर्दै आएका उनीहरुले ड्रागन खेतिबाटै लाखौ आम्दानी गर्दै आएका छन् ।

शुरुमा पशुपालन गर्ने उद्देश्यले खोलिएको यो फर्म अहिले पशुपालनभन्दा  ड्रागन खेति तर्फ उनीहरु आकर्षित बनेका छन् । 

सञ्चालकमध्येका सूर्य लिम्बुले अरु फल सिजनमा एक लट फल्ने भएपनि यो फल ९ देखि १० लटसम्म उत्पादन हुने बताए ।

बजारमा प्रतिकेजी ४ सय रुपैयासम्म विक्री हुने बताउदै आउनु भएका लिम्बुले बजारको मागलाई धान्नै गाह्रो भएको बताए ।

उनले पूर्ण विषादीरहित उत्पादनमा जोड दिएका कारण स्वास्थ्यका लागि यो अत्यन्तै लाभदायक भएको दाबी गरे ।

सूर्य लिम्बु र देवी लिम्बु दाजुभाइले संंयुक्त रुपमा सञ्चालन गरेको फर्म १० कट्टा क्षेत्रफलमा सञ्चालन गरेका हुन् ।

जेष्ठबाट फुल फुल्न शुरु गरेको ड्रागन फलको जेष्ठ अन्तिममा उनीहरुले पहिलो लट टिपेर विक्री गरे भने असार दोस्रो हप्तामा दोस्रो लट र असार १५ देखि तेस्रो लटको ड्रागन फल टिपेर बजारमा विक्रीका लागि तयारी अवस्थामा राखेका छन् ।

जेष्ठ देखि कार्तिकसम्म ६ महिना यसको फल्ने सिजनको रुपमा लिइन्छ । पहिलो लटमा ३ सय ५०, दोस्रो लटमा खडेरीका कारण उत्पादन गरेर २ सय केजी र तेस्रो लट अर्थात भर्खरमात्र उनीहरुले ५ सय केजी विक्री गर्ने सम्भावना रहेको कृषक देवी लिम्बु बताउछन् ।

यही बर्ष मात्र उनीहरुले ४ लाख २० हजार आम्दानी गरेका छन् ।

स्वास्थ्यको हिसाबले लाभदायक मानिन्छ । ड्रागन फलको प्रयोग गर्न डाइडिसिएनहरुले समेत सुझाएका छन् ् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिषना कार्यरत डाइसिएन शिल्पी कुमारीले स्वास्थ्यका लागि लाभदायक फल प्रयोग गर्न सबैलाई सुझाव दिएकी छन् । यो फलमा फाइबर, मिटामिन र मिनरलहरु पाउने बताइन् ।

मुटुका रोगी, क्यान्सारका रोगी, पेटसम्बन्धी समस्या भएकाहरुले ड्रागन फुड प्रयोग गर्दा धेरै फाइदा हुने उनले बताइन् । ड्रागनमा कार्वोहाइडको मात्र कम र प्रोटिन धेरै हुने, मिटामिन सी, जिंक म्यानिसियम लगयतका गुण भएकोले मधुमेह विरामीले सेवन गर्दा धेरै फाइदा पुग्ने उनको भनाई छ

ड्रागन फल स्वाथ्यको लागि लाभदायी मानिन्छ ।

यो सिउडी प्रजातिमा पर्दछ । विदेशबाट आउने गरेको ड्रागन पछिल्लो समय नेपालमै उत्पादन गर्न थालिएको छ । शुरुमा यसको खेति दक्षिण अमेरिकाको मेक्सिकोमा भएको मानिन्छ ।

अहिले यो फल दक्षिण एसियाका देशहरु भियतनाम, फिलिपिन्स, थाइल्याण्ड  लगायतका देशहरुबाट नेपाल भित्रिने गरेको छ । तर पछिल्लो समय नेपालमै कृषकहरुले ड्रागनको खेति गर्न थालेपछि नेपालमा उत्पादन भएको यो फलको माग अत्याधिक रहेको छ ।

विदेशमा उत्पादन भएका ड्रागनभन्दा नेपालमा उत्पादन भएको ड्रागन गुणस्तरीय, स्वादिलो भएकै कारण कृषकहरु यसतर्फ आकर्षित हुदै गएका छन् ।