धरान ।गत साउन ५ गते धरान इटहरी सडकखण्डमा लुटपाट गरि विराटनगरका रोहीत चौधरीको हत्यममा संलग्न थप तिनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर–१५ का ४१ वर्षीय अजयकुमार शर्मा, भद्रपुर नगरपालिका–१ घर भई धरान उपमहानगरपालिका–८ मा बस्दै आएका प्रकाश लिम्बू र धरानका ३१ वर्षीय सुजन तामाङ रहेका छन् । उनिहरुलाई शुक्रबार पक्राउ गरिएको े सङ्घीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले जानकारी दिए ।प्रहरीका अनुसार लुटपाट गर्न हतियार र गोली सप्लाई गर्ने गिरोहका रुपमा अजय,प्रकास र सुजनले काम गदै आएका थिए ।

‘अजयले भारतबाट अवैध रूपमा हातहतियार ल्याउने गरेको पाइएको छ । अवैध तरिकाले ल्याएको हतियार भण्डारण गर्ने र आपराधिक क्रियाकलापमा लागेका युवालई बिक्री गर्ने गरेको पाइएको छ’ एसपी दाहालले भने, ‘अजयले दीपकलाई ४५ हजारमा पेस्तोल बिक्री गरेको पाइएको छ ।’ पक्राउ परेका सुजन र प्रकाशले रोहितसँग गएका किशोरीलाई घाँटीमा खुकुरी देखाएर लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ । यहि समुहले धरानका विभिन्न सडक र जंगलमा लुटपाट समेत गरेको अनुसन्धानबाट खुलेको एसपी दाहालले बताए ।

यसअघि प्रहरीले लेटाङ नगरपालिका–१ का ३५ वर्षीया दीपक तिम्सिना र धरान–१४ का ३४ वर्षीय अनसन तामाङलाई पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेको दुई दिनपछि थप दुई जना पक्राउ परेका हुन् । यस घटनामा पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको छ । पक्राउ परेका पाँचै जना अपराधिक गतिविधिमा संलग्न भई जेल बसेर छुटेका अनुसन्धानबाट खुलेको छ ।यो घटनालाई प्रहरीले ‘साइलन्स प्वाइन्ट’बाट अनुसन्धान सुरु गरेको थियो । यो घटनाका अनुसन्धानमा खटिएका एसपी भिम दाहाल अपराध अनुसन्धानका अब्बल अधिकृत मानिन्छन् ।