धरान । धरान उपमहानगरपालिका र मेडिकल ल्यबोरेटरी एसोसिएसन अफ धरान ( मेलान) बिच डेङ्गो परिक्षण गर्दा लिने शुल्कको बिषयमा सहमति भएको छ ।
शनिबार धरान उपमहानगरपालिकामा नगर उप प्रमुख अइन्द्र बिक्रम बेघा मेलानका प्रतिनिधि लोकराज लिम्बू सहित भएको छलफलमा डेङ्गो परिक्षणमा अधिकतम ५ सय ५० रुपैयाँ मात्र लिने सहमति भएको हो ।received_656754519714580
received_1974418739588036
छलफलमा बजार अनुगमन अधिकृत बेदप्रसाद सापकोटा ,स्वास्थ महाशाखा प्रमुख उमेश मेहेता,सुनसरी उद्योग बाणिज्य संघका बाणिज्य सचिब किसन मास्के,नेपाल पत्रकार महासङका सह सचिब तिर्थ कार्की सहित धरानका औषध ब्यबसयी हरुको उपस्थिति रहेको थियो ।
डेङ्गगो महामारी नियन्त्रण गर्नु सबैको साझा दाइत्व भएको भन्दै उप प्रमुख बेघाले ब्यबसायी हरुलाइ जनतालाइ राहत दिन अनुरोध गरेका थिए ।उप प्रमुख बेघाका अनुसार उपमहानगरपालिकाले धरान सभागृह लगाएतका ठाउँमा गर्दै आएको निशुल्क परिक्षण निरन्तर रहने र कसैले उपमहानगरपालिकाको बाहेकको सेवा लिन चाहेमा ५ सय पचास मै परिक्षण हुने जानकारी दिए । यश अघि डेङुगो परिक्षण गरेको निजि मेडिकल तथा ल्याबले ८ सय देखि १५ सय सम्म लिदै आएका थिए । छलफलमा डेङ्गो सन्क्रमित बिरामीलाई दिइने स्लाइनमा पनि न्युनतम शुल्क लिने सहमती भएको उप प्रमुख बेघाले बताए ।