धरान । धरान इटहरी सडक खण्डको सेउती पुल छेउमा रौता कन्ट्रक्सनले गैरकानुनी कार्य गरेको पाइएको छ ।धरान इटहरी सडक खण्डको पिच गर्ने प्रयोजनका लागि स्वीकृती लिएर सडक कालोपत्रे गर्न आवश्यक पर्ने सामाग्री अरुनै कम्पनीलाई बेच्ने गरेको पाइएको हो । धरान इटहरी सडक खण्डको सडक कालोपत्रे नभएको तर उक्त बन क्षेत्रमा प्रदुषण फैलाउदै समाग्री उत्पादन गरेको भन्दै गुनासो आएपछि आइतबार धरान १० का वडाध्यक्ष विवेक राई तथा कार्यपालिका सदस्य दिनेस गजमेर,मजदुर तथा स्थानीय युवाहरुले स्थलगत अनुगमन गरेका थिए ।

 अनुगमनका क्रममा रौता कन्ट्रक्सनले कुनै सरकारी निकायबाट स्वीकृती नलिएको,सामाग्री उत्पादन गरेर अन्यत्र बेचेको,जिल्ला बन कार्यालयबाट उक्त कार्य बन्द गर्न सात दिने अल्टीमेटम दिएको तर त्यसलाई अटेर गरेको जस्ता कार्यहरु गरेको पाइएको धरान १० का वडाध्यक्ष विवेक राईले बताए । धरान इटहरी क्षेत्रको बन क्षेत्रमा अबैध काम भईरहेको र वातावरण समेत प्रदुषित भएको भन्दै गुनासो आएपछि हामी बुझ्न गएका थियौ उनले भने त्यहाँ जादा गैरकानुनी रुपमा सञ्चालन गरेको पाइएपछि तत्काल काम रोक्न लगाइ कानुनी प्रकृया पुरा गर्न या अन्यत्र सार्न अनुरोध गरिएको वडाध्यक्ष राईले बताए ।

बन क्षेत्रमा अबैध कार्यगर्ने छुट कसैलाई छैन,जुन कामको लागि राखिएको हो त्यो काम सकिएपछि त्यसलाई बन्द गर्नु पर्छ या हटाउनु पर्छ धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिनेस गजमेरले भने ‘यहाँ त जंगल क्षेत्रलाई ब्यापार गर्ने थालो बनाइएको रहेछ ।’जिल्ला बन कार्यालयका प्रमुख धर्मनाथ यादबले अबैध काम भएको जानकारी पाउनसाथ हटाउनका लागि पत्र नै पठाइएको बताए । बन क्षेत्रमा यसरी अबैध काम गर्न मिल्दैन हामीले मौखिक र लिखित दुबै रुपमा हटाउन भनि सकेका छौ उनले भने ।seuti1


तरहरा स्थित सेक्टर बन कार्यालयका रेन्जर ओम अधिकारीले यस अघि रौताको काम सकिएपछि बृक्षारोपण गरेर छोड्ने सर्तमा दिइएको जानकारी दिए ।जिल्ला प्रशासन कार्यालय सुनसरी की प्रमुख (सिडिओ) हुमकला पाण्डेले त्यस्ता अबैध गतिविध रोक्न तुरुन्त पहल गर्ने बताइन् ।